सर्लाही ,भदौ ६
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका शुक्रवार साँझबाट पूर्ण रुपमा सिल गरिएको छ ।
गत बुधबार र बिहिवार ब्रम्हपुरी गा.पा मा एकैसाथ जनप्रतिनिधि ,स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि गाउँपालिका पूर्ण रुपमा सिल गरिएको हो । गाउँपालिका अध्यक्ष बिनोद साहले गाउँपालिका बासीलाई यस्तो विषम परिस्थितिमा नआत्ति कन धर्यतापूर्वक रहन र कोरोना विरुद्धका सुरक्षाहरु उपाय अपनाउन अनुरोध गर्नुभएको छ ।
No comments:
Post a Comment