Friday, August 7, 2020

कम तौल भएको नवजात शिशुको ज्यान बचाउन सफल मलंगवाको स्तुति सौम्या हेल्थ केयर सेन्टर

 

     **ठुला शहरका ठुला अस्पताल जानुपर्ने अवस्थाको अन्त**


सर्लाही ,साउन २३ (Video सहित)

     कम तौलको नवजात शिशुको सर्लाहीको सदरमुकाम मलंगवा  स्थित स्तुति सौम्या हेल्थ केयर सेन्टरले सफल उपचार गरेको छ । हेल्थ केयर सेन्टरका संचालक डा.गुणेश्वर झाले  १ किलो  तौल भएको नवजात शिशुको सफल उपचार गरेर ज्यान  बचाएको हो ।

     कम तौल भएर जन्मिएको बच्चालाई बचाउन गार्‍हो  हुने गरेको डा.झा  बताछन् । तर, बालरोग बिषेशज्ञ डा.झा र उनका चिकित्सकहरुको टोलीले १ किलो तौल भएको नवजात शिशुको सफल उपचार भएपछि शुक्रवार   डिस्चार्ज गरेको छ ।सर्लाहीको कौडेना गाउँपालिका ,मोतीपुर  घर भएका भुपनारायण साहकी पत्नीले  गत साउन १३ गते बिहान ३ बजे जिल्ला अस्पताल मलंगवामा छोरा जन्माएकी थिइन ।सतमासे भएकोले जन्मिदै बच्चाको तौल मात्र एक किलो र स्वास्थ्य अवस्था पनि गम्भीर रहेको थियो । उपचारमा संलग्न चिकित्सकले मलंगवा नगरपालिका वडा न-१० स्थित जिल्ला प्रशासन कार्यालयको उत्तर तर्फ रहेको स्तुति सौम्या हेल्थ केयर सेन्टरमा  डा.झा लाई देखाउन सल्लाह दिएपछि तुरुन्त एम्बुलेन्सको व्यवस्था गरि आमा र बच्चा दुवैलाई लिएर यहाँ आएको बच्चाका पिता साहले बताए । 

     बच्चाको अवस्था एकदमै गम्भीर रहेकोले यसलाई एउटा चुनौतीको रुपमा स्विकार्दै उपचार प्रक्रिया अगाडि बढाएको डा.झा ले बताउनुभयो । कम तौल भएका बच्चालाई स्वास्थ्य सम्बन्धी धेरै समस्या आउने गरेको  उहाँले बताउनुभयो ।  उनीहरु स्वास्थ्यका हिसावले सामान्य बच्चाभन्दा बढी जोखिममा हुने भएकाले स्वास्थ्यमा विशेष हेरचार गर्नुपर्ने डा. झाले बताउनुभयो । डा. झा का अनुसार  उक्त बच्चाको उपचारको क्रममा  शरिरको तापक्रम हरबखत  मेन्टेन गरि  बेलाबेलामा NG tube को मद्दतले दूध खुवाउने ,एन्टिबायोटिक कोर्स दिने र शरिरको तौल बढ्ने औषधिहरु दिएर राखेका थियौं । 

    १० दिन उपचार गरेर शुक्रवार  डिस्चार्ज हुँदासम्म बच्चाको तौल १ किलो २२५  ग्राम पुगेको उहाँले बताउनुभयो । अब बच्चालाई कुनै खतरा नभएकाले  डिस्चार्ज पश्चात् पनि समयसमयमा फलोअप गरिरहने उहाँले भन्नुभयो । 

   उक्त अस्पतालमा यसअघि  १ किलो तौल भएको २ वटा बच्चा जन्मिएको र   उनीहरूको पनि सफल उपचार गरेर घर पठाएको डा.झा  ले बताउनुभयो ।यस किसिमका केसहरुको  मलंगवामामै उपचार सम्भव भएकोले बीरगंज, जनकपुर , भरतपुर, काठमाडौ लगायत भारतका विभिन्न सहरहरुमा जानु नपर्ने उहाँले भन्नुभयो । मलंगवामै यसको उपचार सम्भव भएकोले बाहिर लानुपर्दा लाग्ने अतिरिक्त खर्चको बचत भएको मोतिपुरका भुपनारायण साहले भने ।आर्थिक अवस्था कमजोर भएकाहरुको लागि स्तुति सौम्या अस्पताल बरदान नै सावित भएको साहले बताए ।

   यस किसिमका बच्चाहरुको उपचार गर्न पाउँदा आफुलाई गर्व महसुस भएको डा.झा लोकतन्त्र सँगको कुराकानीमा  भन्नुभयो ।





No comments:

Post a Comment