Saturday, August 1, 2020

अवैध चाँदी सहित एक भारतीय युवक पक्राउ



लोकतन्त्र समाचारदाता ----
सर्लाही ,साउन १७
   सर्लाही  प्रहरीले भन्सार छलि ल्याएको अवैध चाँदी सहित एकजनालाई पक्राउ गरेको छ ।
     वडा प्रहरी कार्यालय भाँडसरबाट प्रहरी सहायक निरीक्षक बिनालाल साहको कमाण्डमा खटी गएको टोलीले मलंगवा नगरपालिका वडा न-५ नेपाल -भारत सिमा नजिक दशगजाबाट चेकजाँचको क्रममा भारतको सितामढी जिल्ला ग्राम पंचायत रिगा -८ बस्ने खहेरु साहका २५ वर्षिय छोरा संदिप साहको साथबाट अन्दाजी ८७ हजार  रुपैयाँ मुल्य बराबरको ७०० ग्राम चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ । चाँदी सहित पक्राउ परेका साहलाई आवश्यक अनुसंधानका लागि प्रहरीको हिरासतमा राखिएको कुवँरले बताएको छ ।

No comments:

Post a Comment