Saturday, August 1, 2020

सानिटाइजर पिउँदा १० जनाको मृत्यु


सानिटाइजर पिउँदा १० जनाको मृत्यु
काठमाडौँ,साउन १७
   - भारतमा रक्सीको सट्टा हातमा दल्ने सानिटाइजर पिउादा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भारतको आन्ध्र प्रदेशमा लकडाउनका कारण मदिरा पसल बन्द भएपछि रक्सीको लतमा परेकाहरूले अल्कोहलमा आधारित सानिटाइजर पिउँदा उनीहरूको मृत्यु भएको हो ।
आन्ध्र प्रदेशको कुरिचेदु गाउँका ती मानिसले रक्सी नपाएपछि पानी र अन्य पेय पदार्थमा सानिटाइजर मिसाएर पिएको स्थानीय प्रहरी प्रमुख सिद्धार्थ कौशलले बताएको बीबीसीले जनाएको छ । प्रहरी प्रमुख कौशलका अनुसार झन्डै १० दिनसम्म सानिटाइजर पिएपछि उनीहरूको मृत्यु भएको हो ।
सानिटाइजरमा अन्य कुनै विषादी पदार्थ थियो कि भनेर सानिटाइजरको नमुना परीक्षणका लागि पठाइएको छ ।

No comments:

Post a Comment