Sunday, August 9, 2020

भोली(सोमबार ) देखि सर्लाहीमा लकडाउन कडा पार्ने प्रजिअ पौडेलको भनाई



     **पसल तथा सबैखाले  सवारीसाधन बन्द हुने**


लोकतन्त्र समाचारदाता----

 सर्लाही २५ श्रावण ।

      समुदाय स्तरमा कोरोना फैलिन थालेपछि  भोली(सोमबार ) देखि सर्लाहीमा अझ कडा  रुपमा लकडाउन गर्ने निर्णय गरिएको  सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले  बताएको छ ।

     जिल्ला स्थित खानेपानी कार्यालय, मालपोत कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयका  कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएसंगै यहाँको  प्रशासन एक्सनमा आएको हो ।भाेली(सोमबार) देखि ७ दिनका लागि लकडाउन पुर्ण रूपमा कडा हुने प्रजिअ पौडेलले बताउनुभएको छ । पसलहरु खोल्न नपाइने ,सवारी साधन पनि चलाउन नपाउने र अाम जनता घर बाहिर निस्कन नपाउने गरि अावत जावतमा पुर्ण रूपमा राेक लगाउने तयारी भईरहेकाे प्रजिअ  पाैडेलले बताउनु भएकाे छ । निषेधाज्ञा नमान्ने जोसुकैलाई पनि कडा कारवाही हुने वहाँले बताउनुभयो ।

     सर्लाहीमा  हाल सम्म ८ सय १० जना कोरोना संक्रमित पुष्टि भइसकेको छ , भने  २ जनाको मृत्यु समेत भईसकेको छ । समुदायमा भयावह स्थिति आउन नदिन थप सतर्कता  अपनाउनका लागि  कडाई गर्न लागिएको जिल्ला  प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा अहिले  प्रत्येक दिन एकसय जनाको PCR जाँच भईरहेको प्रशासनले दाबी गरेको छ ।तर  नेताहरुको नातागोता, पहुँचवाला व्यक्ति र कर्मचारीहरुको मात्र PCR जाँच भईरहेको भन्दै सर्लाहीका जनता दु:ख  व्यक्त गरेका  छन । एक घर, एक व्यक्तिको दरले PCR चेकजाच हुनुपर्ने यहाँको जनताहरुको माग छ ।

    यस अघि सात दिनको लागि भनि गरिएको लकडाउनका बाबजुद पनि बजारमा मानिसहरुको चहलपहल जस्ताको त्यस्तै रहेकोले भोली (सोमबार )देखि अझ कडाइका साथ लाग्न गइरहेको  लकडाउनको अवस्था पनि पहिलाको जस्तै नहोस् भनि आफुहरुले विश्वास लिएको स्थानीय भद्रभलादमीहरुले  बताएका छन् ।

No comments:

Post a Comment