Monday, August 10, 2020

भारतबाट ल्याएको अवैध सामान बरामद

 


लोकतन्त्र समाचारदाता----
सर्लाही ,साउन २६
      सर्लाही प्रहरीले  भारतबाट भन्सार छलेर ल्याउँदै गरेको विभिन्न  अवैध सामान नियन्त्रणमा लिएको छ ।
    प्रहरीले सनिवार साँझ  जिल्लाको पर्सा गाउँपालिका वडा न–१ मा भन्सार छलेर लुकाइछिपाई भारतबाट नेपाल ल्याउँदै गरेको ४० हजार मूल्य बराबरको २ बोरा कपडा पर्सा प्रहरी चौकीबाट खटिएको   प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
    यस्तै सोही दिन जिल्लाको  गोडैता नगरपालिका वडा न-१ स्थित बहादुरपुरमा भारतबाट नेपाल तर्फ लुकिछिपी  टाउकोमा बोकेर ल्याउँदै गरेको २ बोरा अन्दाजी ३५ हजार रुपैयाँ मूल्य बराबरको गुटखा प्रहरीले बरामद गरेको छ ।गुटखा ल्याउने ब्यक्ति प्रहरीलाई देख्ने बित्तिकै बोरा सडकमा फालेर भागेको जिप्रका सर्लाहीले जनाएको छ ।

No comments:

Post a Comment