लोकतन्त्र समाचारदाता---
सर्लाही,साउन ३२ ।
भारतसँग सिमा जोडिएको सर्लाहीमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्था छ ।यस भन्दा अघि बाहिरबाट आएका ब्यक्तिहरुमा मात्र कोरोनाको संक्रमण देखा परेकोमा अहिले समुदाय स्तरमा संक्रमण फैलिएको अवस्था छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार जिल्लामा सनिवार सम्म ९४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकाहरु सबै सदरमुकाम मलंगवा नगरपालिका बरहथवा न.पा, हरिवन न.पा र लालबन्दी न.पा का अस्पतालका कर्मचारी, पालिकाका कर्मचारी, बैंक तथा बित्तीय संस्थाका कर्मचारीहरु रहेका छन् । जिल्लामा रहेका सक्रिय संक्रमितहरु मध्ये महिला ८ र पुरुष १४ गरि २२ जना संक्रमितहरुलाई मलंगवा नगरपालिका वडा न- २ स्थित सन्त अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजमा रहेको कोरोना अस्पतालमा राखेर उपचार भइरहेको छ भने बाँकी संक्रमितहरु आ-आफ्नै पालिकाको आइसोलेशन कक्षमा र केहिको होम क्वारेन्टाइनमा उपचार भइरहेको जिप्रका सर्लाहीले जनाएको छ । ७१७ जना ब्यक्ति निको भएर घर फर्किसकेका छन् । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सर्लाहीमा १ जना महिलाको मृत्यु भइसकेको छ ।
समुदाय स्तरमा कोरोनाको संक्रमण देखिएपछि साउन ३२ गते आइतबार राती १२ बजेसम्मका लागी सर्लाहीमा पुर्ण रुपले लकडाउन (निषेधाज्ञा ) गरिएको छ ।
No comments:
Post a Comment