लोकतन्त्र समाचारदाता-----
सर्लाही ,भदौ ११
पूर्व राष्ट्रिय सभाका सांसद रामपृत पासवानको पहलमा अपांगता भएका ब्यक्ति तथा विपन्न परिवारलाई विभिन्न राहत सामाग्रीहरु वितरण गरिएको छ ।
सांसद पासवानको पहलमा बुधबार सर्लाहीको कविलासी नगरपालिका वडा न-७ का अपांगता भएका ब्यक्ति ,दलित तथा विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको हो। प्रति परिवार साड़ी एक थान साडी , एक थान मच्छरझुल, एक थान तौलिया , एक थान गमछा, एक प्याकेट सेनेटरी , दुइ थान माक्स, एक थान साबुन,चिनी , दाल ,चामल र खाने तेल लगायतका सामाग्री बितरण गरियो छ ।
No comments:
Post a Comment