Tuesday, August 4, 2020

रक्षाबन्धमको उपलक्ष्यमा गेरुकाटोलमा हाजिरी जवाफ प्रतियोगिता



अजिता चौधरी ----
सर्लाही ,साउन २०
    रक्षाबन्धनको उपलक्ष्यमा श्री गेरुका स्पोर्ट्स युवा क्लव चन्द्रनगरले  वडा न-३   स्थित गेरुकाटोलमा  हाजिरी जवाफ  प्रतियोगिताको  आयोजना गरेको छ ।
     सोमवार आयोजित उक्त प्रतियोगिताको प्रमुख अतिथि  नेपाली काँग्रेसका चन्द्रनगर गाउँपालिका सभापति तेज नारायण चौधरीले गर्नुभएको थियो । बन्तिलाल महतोको अध्यक्षतामा आयोजित प्रतियोगितामा चन्द्रनगर गापा अन्तर्गतका विभिन्न ५ वटा टोलका विद्यार्थीहरुको  सहभागीता रहेको थियो ।जसमध्ये खडकाटोल प्रथम, चन्द्रनगर दुतीय र बरकुर्वाटोल तृतीय स्थान हासिल गरेको आयोजकले लोकतन्त्रलाई जनाएको छ ।




No comments:

Post a Comment