Tuesday, August 4, 2020

स्कुटी पल्टिँदा विष्णु गम्भीर घाइते




लोकतन्त्र समाचारदाता ----
सर्लाही ,साउन २०
    सर्लाहीको लालबन्दी नगरपालिका वडा न-१६ स्थित परवानीपुरमा स्कुटी पल्टिँदा चालक  गम्भीर घाइते भएको छ ।
    सोमवार साँझ ८ बजेको समयमा परवानीपुर स्थित भित्री सडक खण्डमा परवानीपुरबाट रानीगंज तर्फ जाँदै गरेको अनटेस्ट स्कुटी तिब्रगतिका कारण आफै अनियन्त्रित भइ पल्टिँदा त्यसका चालक  सोही ठाउँ बस्ने स्थानीय विष्णु गौतम गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।दुर्घटना पश्चात् घाइते गौतमलाई तत्कालै लालबन्दी स्थित स्थानीय अस्पतालमा पुर्याइ सामान्य उपचार गरि थप उपचारका लागि हेटौंडाको चुरेहिल अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।
   दुर्घटनाग्रस्त स्कुटी प्रहरीको नियन्त्रणमा राखिएको छ । 

No comments:

Post a Comment