Monday, August 10, 2020

सहृदयता समाज नेपालको प्रदेश २ को संयोजकमा सर्लाहीका राजिव साह



लोकतन्त्र समाचारदाता---
सर्लाही ,साउन २६
      जरोकिलो महाअभियानको विशिष्टकृत संस्था सहृदयता समाज नेपालको प्रदेश नम्बर २ को संयोजक पदका लागि  सर्लाहीका  राजिव साहलाई  सर्वसहमतिले चयन गरिएको  केन्द्रिय अध्यक्ष बलराम प्रजापतिले जनाएको छ ।
    समाजका नयाँ संयोजक साहका अनुसार  समान हृदय बाट सहृदय अवधारणा बिकास भएको हो। प्रक्रतिका सबै जिवित प्राणिहरुको साझा घर पृथ्वी हो । मानिसले आफ्नो स्वार्थ पुर्ती गर्न प्राकृतिक श्रोत-साधनको दोहन गरेका कारण सबैका लागि असुरक्षा पैदा भएको छ । पर्यावरण र प्रकृति सहित विविधता पुर्ण समाजमा रहेका जाती, जनजाति, धार्मिक, सांस्कृतिक, भेषभुषा सबैको सम्मान गर्ने, आआफ्नो परम्परा संस्कृति मनाउन पाउनु पर्ने र सबैले सबैको सम्मान र प्रवर्द्धन गर्न अग्रसर बन्नु नै सहृदयता हो । संगै बस्ने, संगै हिंड्ने, संगै रमाउने, दुखसुख संगै बाट्ने स्थिती सहृदय हो।  १० भन्दा बढी  विशिष्टिकृत संस्थाहरु रहेका जरोकिलो महाअभियानका संस्थापक एवं संकल्पकर्ता अध्यक्ष डा.निर्मलमणी अधिकारी रहेको  संयोजक साहले जनाए ।नव संयोजक साह सर्लाहीका पत्रकार समेत हुनुहुन्छ र हाल उहाँ वैदेशिक रोजगारीको सिलसिलामा  खाडी मुलुकमा बस्दै आइरहनु भएको छ ।

No comments:

Post a Comment