लोकतन्त्र समाचारदाता -------
सर्लाही ,भदौ १३
सर्लाही ,भदौ १३
सर्लाहीको बरहथवामा एक बालिका र एक किशोरी गरि दुईजनाको पानीमा डुबेर मृत्यु भएको छ।
गत बिहिवार बरहथवा नगरपालिका वडा न- ३ पथलैया चौक बस्ने नवीन कुमार महतोकी ३ वर्षीया छोरी पुनम कुमारीको घरको आँगनमा रहेको कल नजिकै पानी जम्मा गर्न बनाइएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही नगरपालिकाको वडा न- १० सीतापुर घर भई हाल वडा न- ९ स्थित मुर्तियामा आफ्नो हजुर आमाको घरमा बस्दै आएकी रामबाबु महतोकी अन्दाजी१७ /१८ वर्षिया छोरी पुनम महतोको वर्षातको पानी जमेको खाल्डोमा लडी त्यसमा डुबेर मृत्यु भएको छ । मृतक किशोरी पहिलादेखिनै छारे रोगको बिरामी भएको र उनी घरका कुनैपनि सदस्यलाई जानकारी नदिइ घरबाट एक्लै निस्केकी थिइन ।निजको शव वर्षातको पानी जमेको खाल्डोमा मृत अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ ।
दुवैजनाको शव मलंगवा स्थित जिल्ला अस्पतालमा पोस्टमार्टम गरि सदगदका लागि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए ।
No comments:
Post a Comment