Wednesday, October 7, 2020

भारतबाट लुकाएर ल्याएको अवैध भेटनरीका सामान भन्सारमा बुझाइयो

 




सर्लाही ,असोज २१

    सर्लाही प्रहरीको टोलीले सोमबार दिउँसो भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको छ ।

     सर्लाहीको मलंगवा  नगरपालिका वडा न-८  झिलमिलिया माई मन्दिर स्थित भारतबाट लुकाइछिपाई नेपाल तर्फ  ल्याउँदै गरेको रु एक लाख बराबरको २ बोरा भेटनरीको औषधि  नियन्त्रणमा लिएको जिल्ला प्रहरी  कार्यालय सर्लाहीले जनाएको छ ।

    नियन्त्रणमा लिएका भेटनरीका औषधिहरु आवश्यक कार्यवाहीको लागि  जिल्ला  भन्सार कार्यालय मलंगवाको जिम्मा लगाएको  प्रहरीले जनाएको छ ।


 


No comments:

Post a Comment