Thursday, October 1, 2020

आफ्नै प्रेमिकाको ४ महिनाको गर्भ औषधि दिएर जबर्जस्ती तुहाएको आरोपमा प्रेमी पक्राउ

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज १५

    अनैतिक सम्बन्ध पछि गर्भवती बनेकी प्रेमिकाको ललाइफकाइ गरि चार महिनाको गर्भ तुहाउन लगाउने  एक युवकलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको  छ ।

    सर्लाहीको चन्द्रनगर गाउँपालिकामा एक जना स्थानीय  युवतीलाई आफ्नै   प्रेमीले पटकपटकको  अनैतिक सम्बन्ध पछि बस्न गएको  ४ महिना गर्भ तुहाएपछि उक्त घटना सार्वजनिक भएको हो । चन्द्रनगर गाउँपालिका वडा न-३,बरकुर्वा गाउँ २४ वर्षिय युवक अरुण महरा उपर पिडित युवतीका परिवारले  ईलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी दिएपछि निजलाई   प्रहरीले पक्राउ गरेको हो ।

      प्रेमी युवक महराले पिडित युुवतीलाई जबर्जस्ती  डरत्राश देखाएर गर्भ तुहाउने  औषधी खुवाएको प्रहरीले बताएको छ ।पक्राउ परेका महरालाई  जिल्ला अदालत मलंगबा बाट ७ दिनको म्याद थप गराई  अनुसन्धान कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी  मदन कुवँरले जानकारी दिए ।महरा पहिला देखिनै विवाहित रहेको प्रवक्ता कुवँरले बताए ।

    

 

No comments:

Post a Comment