Thursday, October 22, 2020

सर्लाहीको विभिन्न ठाउँमा आगलागी हुँदा लाखौंको क्षति ,२ जना घाइते

 




सर्लाही,कार्तिक ६ 

     सर्लाहीमा  चार छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट झण्डै ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने आगोले पोलेर एकजना  किशोरी र एकजना वृद्धा गरि २ जना घाइते भएका छन् ।आगोले पोलेर बलरा नगरपालिका वडा न-२ बस्ने अन्दाजी वर्ष ७५ की महावती देवी र सोही ठाउँ बस्ने स्थानीय गणेश साहकी १३ वर्षिया छोरी नन्दनी कुमारी साह घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

     जिप्रका सर्लाहीका प्रवक्ता तथा डिएसपी मदन कुवँरले दिएको जानकारी अनुसार बिहिवार (आज)बिहान २ बजे   बलरा नगरपालिका वडा न- स्थित स्थानीय गणेश साहको गोठमा लामखुट्टे धपाउन भनी बालिएको घुरबाट आगो आगो सल्किएर गोठ पुर्ण रुपमा जलेर २ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।गोठमा लागेको आगोबाट २ वटा भैसी आगोले पलेको छ भने उक्त गोठमा सुतिरहेका बृद्धा महावती देवी र नन्दनी घाइते भएका छन् ।घाइतेहरुलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको छ ।घाइतेहरुको अवस्था सामान्य रहेको प्रवक्ता कुवँरले जनाएको छ ।

    त्यस्तै सदरमुकाम मलंगवा नगरपालिका वडा न-४ शिवसागर चौक नजिकै पोखरीमा माछा कुर्न बनाइएको फुसले छाएको झुपडीमा विधुत तार सर्ट भइ अचानक आगलागी हुँदा नगद रुपैयाँ सहित स्टेपलाइजर,पंखा,सेक्सन पाइप गरि अन्दाजी ३३ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।त्यस्तै जिल्लाको हरिपुर नगरपालिका वडा न-२ हरिपुर बजारमा रहेको सोही ठाउँ बस्ने  झबरी लाल दासको चिया पसलमा अचानक ग्यास लिक हुन गई आगलागी भएको छ । उक्त आगलागीबाट टालीको छानो भएको एक कोठे घरमा रहेको  पसल  सहित पसलमा  रहेको चिनी, मैदा, मिठाई लागायत खाद्य समाग्री नष्ट हुँदा २ लाख बराबरको क्षति भएको छ । आगलागी बाट मानवीय तथा चौपाया क्षती नभएको प्रहरीले जनाएको छ ।

    यसैगरी बुधबार राती बलरा नगरपालिका वडा न-९ बस्ने स्थानीय विधानन्द गिरीको फुसको छानो भएको एकतल्ले घरमा अचानक बिजुलीको तार सर्ट भएर आगलागी हुँदा आंशिक रुपमा घर क्षति भइ घरमा रहेको अन्न ,लत्ताकपडा समेत गरि अन्दाजी ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।उक्त आगलागी सिमा प्रहरी चौकी बलराबाट खटिएको प्रहरी टोली र स्थानीयबासीहरु मिलेर नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।




No comments:

Post a Comment