Thursday, October 8, 2020

धानको बाला सुक्ने रोगबाट किसानहरु चिन्तित

 





लोकतन्त्र समाचारदाता-----

सर्लाही ,असोज २२

       धान बालीमा बाला सुक्ने रोग  देखा परेपछि सर्लाही  जिल्लाभरका किसानहरु चिन्तित बनेका छन् ।

    आकाशे पानीको भरमा खेती गर्दै आएका किसानलाई यस वर्ष वर्षाले  राम्रो  साथ दिएर  सप्रिसकेकोको धान बालीमा काट्ने   समयमा आएर बाला सुक्ने रोग देखिएको स्थानीय किसानले  गुनासो गरे । मुख्य बालीमा प्रकोप देखिएपछि जिल्लाका किसान मर्कामा परेका छन् । हरिपुर नगरपालिका वडा न-७ पंछगछियाका किसान जय किशोर धामीले  आफूहरुको क्षेत्रमा पनि धानको बाला सुक्ने रोग व्यापक मात्रामा देखिएको जानकारी दिए  । कोरोना संक्रमणको त्रासकै बीचमा रोपिएको धान बालीमा लकडाउनका कारण बेलैमा रसायनिक मल हाल्न नपाएपछि यस्तो रोगले बाली सुकेको धामीले बताए । 

      मुख्य बालीमै रोगको प्रकोप देखिएपछि पनि सम्बन्धित स्थानीय तहहरुले कुनै चासो नदिएको पिडित किसानहरुले भने ।  भने चासो दिएका छैनन् । गवारो कीराले गर्दा धानको बाला सुक्ने समस्या देखिएको कृषि विज्ञले  जानकारी दिए।जिल्ला कृषि ज्ञान केन्द्र मलंगवाका  निमत्त प्रमुख देवानन्द यादवले वर्षाले साथ दिँदा यो वर्ष धान खेती बढेको र बाली समेत राम्रोसँग सप्रिएको भएपनि अन्तिम समयमा  आएर बाला नै मर्ने रोग देखापरेपछि उत्पादनमा गिरावट आउने देखिएको बताए । 

  अहिले जिल्लाभर नै धानको बाला सुक्ने रोग देखा परेकोले तत्कालै आ–आफ्नो पालिकाको कृषि विकास शाखामा सम्पर्क गरी औषधि प्रयोग गर्न कार्यालयले किसानहरु सँग आग्रह गरेको छ । सर्लाहीमा झण्डै ४६ हजार हेक्टर जग्गामा बर्षे धान खेती हुने गरेको छ  ।


No comments:

Post a Comment