Friday, October 30, 2020

ईस्लाम धर्मका प्रवर्तक पैगमबर माेहममदकाे जन्मोत्सव हर्सोउल्लासका साथ सर्लाहीमा मनाएकाे छ

 

 बखतियार अलि-                            सर्लाही १४ कार्तिक ।                  ईस्लाम धर्मका प्रवर्तक पैगमबर माेहममदकाे जन्मोत्सव आज हर्सोउल्लासका साथ सर्लाहीमा मनाएकाे छ ।  ‘मोहम्मद डे’ पनि भनिने यश अवसरमा अाज सर्लाहीको सदरमुकाम मलंगवामा हजाराैका संख्यामा मुस्लिम समुदायका अगुवा, नेता, कर्मचारी, डाक्टर, ईन्जिनियर, नेता, किसान, ब्यापारी,  महिला, पुरूष, लगायतका ब्यक्तिहरू उपस्थित भई सदरमुकाम मलंगवामा प्रभात फेरि गरेका छन ।    ‘मोहम्मद डे’ काे उपलक्ष्यमा खुसयाली जाहिर गर्दै समुदायका ब्यक्तिहरूले ईस्लामिक लिवासमा तुल- बयानर सहित प्रभात फेरि नगर परिक्रमा गरेकाे हाे ।  आजको दिनमा मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन रहेकाे छ । तर, यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सामूहिक भेला भएर गरिने कार्यक्रमहरु भने प्रभावित भएका छन् । नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज शान्तिपूर्ण रूपमा विभिन्न कार्यक्रमको अायाेजना गरि सर्लाहीमा पनि मनाएकाे छ ।

No comments:

Post a Comment