Thursday, October 29, 2020

सर्लाहीको तीन छुट्टाछुट्टै दुर्घटनामा ८ जना घाइते




सर्लाही ,कात्तिक १३

      सर्लाहीको तीन छुट्टाछुट्टै स्थानमा भएको सडक दुर्घटनामा परि  जना घाइते भएका छन् । 

    जिल्लाको बलरा महानगरपालिका-९ अचलगढ स्थित भित्री सडक खण्डमा बुधबार  मिर्जापुर तर्फ आउँदै गरेको BR30 Z0 192 नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने रामजी साहको छोरी वर्ष ४ की बालिका चुनु साहलाई ठक्कर दिएको छ ।प्रहरीले मोटरसाइकलको ठक्करबाट घाइते भएकी बालिकालाई तत्कालै उपचारको लागि महोत्तरीको बर्दीबास  पठाइ दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ ।

     यसैगरी सोही दिन हरिपुर नगरपालिका वडा न-५ ,लक्ष्मीपुर स्थित भित्री सडक खण्डमा लक्ष्मीपुरबाट मजुरवातर्फ जाँदै गरेको ज ८ प ५३२ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा भएको दुर्घटनामा परि तीनजना घाइते भएका छन् ।घाइते हुनेहरुमा मोटरसाइकल चालक  लक्ष्मीपुर -५ बस्ने अन्दाजी वर्ष ३५ को  नेक मोहम्मद ,सोही ठाउँ बस्ने पैदल यात्री अन्दाजी वर्ष २५ को तुलसी चौधरी र अर्का पैदल यात्री अन्दाजी वर्ष १७ को राजन चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी मदन कुवँरले जनाएको छ ।घाइतेहरुको उपचारका लागि धनुषा जिल्ला स्थित लालगढ अस्पताल पठाएको प्रवक्ता कुवँरले जानकारी दिएको छ ।

    यस्तै बुधबार साँझ बागमती नपा-११ स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउँदे गरेको ना ६४ प ३७०२ नम्बरको स्कुटीलाई सोही दिशाबाट आउँदै गरेको ना ४४ प १६५७ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिंदा दुबै सवारीसाधनका चालक सहित ४ जना घाइते भएका छन् ।घाइते हुनेहरुमा मोटरसाइकलका चालक लालबन्दी नपा-७ बस्ने वर्ष २४ को सागर कुमार लामा र मोटरसाइकल पछाडी बसेका काठमाडौं नपा-५ बस्ने वर्ष १६ को आयुष लामा तथा स्कुटी चालाइरहेकी बागमती नपा -५ की २४ वर्षिया बिनिता पाण्डे र पछाडी बसेकी उनकी आमा ४५ वर्षया रिता पाण्डे घाइते भएका छन् ।घाइतेहरुको कर्मैया स्थित उज्यालो हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





No comments:

Post a Comment