Friday, October 2, 2020

सर्लाहीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

 




सर्लाही ,असोज १६
    सर्लाहीमा कोरोना संक्रमणबाट  थप एक जनाको मृत्यु भएको छ ।वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा उपचार गराउँदै गरेका  बरहथवा नगरपालिका वडा न–६ की  ७० वर्षीया वृद्धाको मंगलबार बिहान मृत्यु भएको छ ।
    मृतकको शव  सर्लाही ल्याएर सरकारले बनाएको मापदण्ड अनुसार बागमती नगरपालिका वडा न–११ स्थित बागमती खोला किनारमा नेपाली सेना रणशेर गण पाँचकुमारीका सेनानी (मेजर) ऋषि न्यौपाने नेतृत्वको टोलीले शव व्यवस्थापन गरेको हो । पहिलो पटक कोरोना भाइरसबाट ज्यान गुमाएका ब्यक्तिको शवलाई जलाएर व्यवस्थापन गरिएको छ ।शव व्यवस्थापन टोली अहिले सदरमुकाम मलंगवा स्थित कुमुस पार्टी प्यालेसमा आइसोलेटेड भएर बसेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको  छ ।
   यसअघि चक्रघट्टा र हरिपुर्वामा एकएक जना संक्रमितको शव सेनाले व्यवस्थापन गरिसकेको छ । हालसम्म कोरोनाबाट मलंगवामा दुई, लालबन्दी, हरिपूर्वा, हरिपुर, बरहथबा र चक्रघट्टामा एक–एक गरी जम्मा  ७ जनाको मृत्यु भएको छ । 

No comments:

Post a Comment