Saturday, October 24, 2020

भालुको आक्रमणबाट सर्लाहीमा एकजना गम्भिर घाईते





सर्लाही ,कात्तिक ८

     सर्लाहीको लालबन्दी नगरपालिका वडा न-१३ स्थित नारायणडाँडामा जंगली भालुको आक्रमणबाट एकजना स्थानीय ब्यक्ति  गम्भिर घाईते भएका छन् ।

     शुक्रवार साँझ  नारायणडाँडा बस्ने वर्ष ४६ का गणेशबहादुर आले मगर घरबाट सय मिटरको दुरीमा रहेको जंगलमा अचानक भालुले आक्रमण गरेपछि  घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका  प्रवक्ता तथा डिएसपी  मदन कुँवरले जानकारी दिए । भालुले मगरको दाहिने खुट्टाको तिघ्रा मुनिको मासु र टाउको चिथारेर  छातीमा समेत घाउ बनाइ गम्भीर घाइते बनाएको प्रवक्ता कुवँरले जनाएको छ । 

     जंगली भालुको आक्रमणमा परि गम्भीर घाइते भएका मगरको लालबन्दी स्थित टेक्सस अस्पतालमा सामान्य उपचार पश्चात्  थप उपचारका लागि वीरगंज स्थित एडभान्स अस्पताल पठाईएको प्रहरीले जानकारी दिएको छ।


No comments:

Post a Comment