Friday, October 2, 2020

कोरोना त्रास हुँदाहुँदै सर्लाहीका सरकारी तथा प्राइभेट कार्यालयहरुमा जनस्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल नअपनाइ काम चल्दै




सर्लाही ,असोज १६

    जिल्लामा दिनदिनै कोरोना संक्रमितको संख्या थपिरहेको अवस्थामा पनि सर्लाहीका सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुको चाप घटेको छैन ।

    सबैभन्दा बढी सेवाग्राहीहरुको चाप रहने जिल्ला  तथा इलाका प्रशासन,  मालपोत ,नापी ,भूमी  सुधार ,घरेलु लगायतका कार्यालयहरुमा बिहान कार्यालय खुल्नु भन्दा अगाडीदेखी साँझ बन्द हुँदासम्म मानिसहरुको भिड रहदै आएको छ ।ती कार्यालयको गेट बाहिर र कम्पाउण्ड भित्र जम्मा भएको समूहलाई देख्दा  संसारमा अहिले कुनै पनि महामारी छैन जस्तो लाग्छ । सेवाग्राहीहरु सामान्य समयको जस्तै ठेलमठेल गरेर उभिएका हुन्छन । दिनहुँ कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ। घरबाहिर भौतिक दूरी कायम गर्न विश्‍व स्वास्थ्य संगठनदेखि नेपालकै स्वास्थ्यक्षेत्रका विज्ञहरूले सम्झाइरहेका छन्। तर, यो भीडलाई त्यसको कुनै परवाह छैन। न त सेवा प्रदायक  कार्यालयले नै भौतिक दूरी कायम गर्ने कुनै प्रयास गरेका छन ,न त सेवाग्राहीले नै भौतिक दुरी राखेका छन्।

   जिल्ला प्रशासन कार्यालय,सर्लाही  आफैं पनि सेवाग्राहीको चाप बढ्दै जाँदा स्वास्थ्य सुरक्षा सावधानी अपनाउन नसकेको जस्तो देखिन्छ ,सर्लाहीका दलित अधिकारकर्मी राजेश पासवानले भने । सबैभन्दा बढी  मालपोत कार्यालयमा लापरवाही भएको देखिन्छ। सेवाग्राही पनि निर्वाध रूपमा भीडभाड गरिरहेका छन्। सेवा प्रदायकहरू महामारी नै भुलेर सामान्य समयमा जस्तो काममा लागिरहेका छन्।केही दिन अगाडी मलंगवा स्थित नापी कार्यालयका ५ जना कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि एक हप्ताको लागि नापी कार्यालयलाई सिल गरिएको थियो ।नापी कार्यालय सिल गरिएपनि छेउमै रहेको मालपोत र भूमी सुधार कार्यालयमा मानिसहरुको भिड भने  घटेको थिएन ।जबकी जग्गा जमिनको काम गराउन आउने सेवाग्राहीको काम नापी कार्यालयमा पनि पर्छ ।

     मालपोत लगायतका कार्यालयमा कार्यरत कर्मचारी देखि ,बाहिर बसेका लेखापढी व्यवसायी (लेखनदास) र सेवा लिन आउने सेवाग्राहीहरुले स्वास्थ्य  सुरक्षामा  ध्यान दिइएका  छैनन् ।सम्बन्धित कार्यालयले समेत त्यसतर्फ कुनै ध्यान दिएको छैन । आवश्यक मास्क, हात धुन साबुन-पानी र स्यानिटाइजरको व्यवस्था गरिएको छैन । कार्यालयबाहिर बस्ने लेखापढी व्यवसायीले पनि आवश्यक सतर्कता अपनाएका छैनन्। एक दर्जन भन्दा बढीको  संख्यामा रहेका लेखापढी व्यवसायीले न त आफूले भौतिक दूरी कायम गरेका छन्, न सेवाग्राहीलाई नै गराउन सकेका छन्।

    लकडाउन खुकुलो भएपछि खुलेका सर्लाहीका सबै सरकारी तथा प्राइभेट  कार्यालयमा यसैगरी भीड बढेको छ। तर, भौतिक दूरीसहितको सेवा प्रवाहमा कार्यालयहरूको चासो देखिँदैन।भौतिक दूरी कायम गराउने तथा जनस्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल अपनाउने जिम्मेवारी कार्यालय प्रमुखको भएको दलित अधिकारकर्मी पासवान  बताउँछन्।

No comments:

Post a Comment