Thursday, October 22, 2020

खाल्टोमा डुबेर एक बालकको मृत्यु

 




सर्लाही ,कात्तिक ६

     सर्लाहीको बरहथवा नगरपालिकामा गोबर जम्मा गर्न बनाइएको खाल्टोमा जमेको पानीमा डुबेर एक बालकको मृत्युु  भएको छ ।मृत्यु हुनेमा बरहथवा नगरपालिका वडा न- २ बहुनटोल बस्ने हरिप्रसाद पहाडीको  ३ वर्षीय छोरा सशांक पहाडी रहेको प्रहरीले जनाएको छ ।

    बालक बुधबार बिहान करिब साढे १० बजेको समयमा  आफ्नै घर अगाडी गोबर जम्मा गर्न भनी  बनाएको खाल्टोमा जमेको पानीमा डुबेर बालक गम्भीर घाइते भएका थिए ।घाइते बालकलाई  आफन्तले तत्कालै खाल्टोबाट निकाली उपचारको लागि बरहथवा स्थित  भेनास अस्पतालमा लगेको र  उपचारको क्रममा साढे १२ तिर अस्पतालमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


No comments:

Post a Comment