Tuesday, October 20, 2020

लालबन्दीमा भएको सडक दुर्घटनामा एक महिला सहित ३ जना घाइते

 





सर्लाही ,कात्तिक ४ 

    सर्लाहीको पुर्व-पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका वडा न-६ जनवादी चौकमा सोमवार साँझ भएको सडक दुर्घटनामा परि २ जना व्यक्ति गम्भीर  घाइते भएका छन् ।जनवादी चौक नजिक पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको हरिवन नगरपालिका वडा न-३ बस्ने २४ वर्षिय दिल्लाप दोर्जेले चलाएको ना ४० प ४१६३ नम्बरको मोटरसाइकलले पैदल यात्री लालबन्दी नपा-६ बस्ने ५५ वर्षिय बुदना बि.क लाई ठक्कर दिएको छ ।मोटरसाइकलको ठक्करबाट गम्भीर  घाइते भएका बि.क को उपचार लालबन्दीकै एक निजी अस्पतालमा भइरहेको छ ।सोही दुर्घटनामा परेर घाइते भएका मोटरसाइकल चालक दोर्जे र पछाडी बसेकी १८ वर्षिया कविता योन्जनको स्थानीय गढीमाई अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा संलग्न  मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।





No comments:

Post a Comment