Sunday, October 4, 2020

सर्लाही अस्पतालमा जन्मिए १.२५ किलोग्राम तौल भएको तिम्ल्याहा बच्चा ,

 


**तिम्ल्याहा शिशुको   ज्यान बचाउ उपचार गर्दै मलंगवाको स्तुति सौम्या हेल्थ केयर**


मनोज यादव---- 
सर्लाही ,असोज १८
     सर्लाहीको सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा  जन्मिएका कम तौलको तिम्ल्याहा बच्चाको ज्यान बचाउन स्तुति सौम्या हेल्थ केयर सेन्टरका चिकित्सक टोली जोडतोडका साथ लागेका छन् ।
    जिल्लाको कौडेना गाउँपालिका वडा -१ सुखचैना बस्ने पोशन राउतकी श्रीमती बबिता राउतले तिम्ल्याहा बच्चा जन्म दिएको  अस्पतालका संचालक एवं डाक्टर गुणेश्वर झाले  जनाएको छ ।बिबिताले  एकै पटक जन्म दिएका तिनवटै बच्चा छोरा रहेका छन् ।
   गएको १६ गते व्यथाले च्यापिएपछि सुत्केरी बबितालाई लिएर उनका श्रीमान् पोशन मलंगवा स्थित जिल्ला अस्पताल पुगेका थिए । सोही अस्पतालमा भर्ना भएकी बबिताले तिम्ल्याहा बच्चा जन्म दिएको डाक्टर झाले  बताउँनुभयो । बबिताको  डेलिभरी  अस्पतालका  डाक्टरद्वय अविनाश सिंह र चन्दन शर्माले आफ्नो  सकृय निगरानीमा सुरक्षित तरिकाले सफलता पुर्वक गराएका थिए ।जन्मदा खेरि  शिशुहरुको तौल एकदमै कम रहेकोले यस्ता बच्चालाई सरकारी अस्पतालमा राखेर उपचार गर्न सम्भव नभएपछि डा. सिंह र डा. शर्माले आमा सहित नवजात शिशुलाई मलंगवा नपा वडा न- १० स्थित जिल्ला प्रशासन कार्यालयको उत्तर तर्फ रहेको स्तुति सौम्या हेल्थ केयर सेन्टरमा पठाएका थिए ।
     जन्मिदै तिनवटै बच्चाको तौल १.२५ किलोग्रामको मात्र रहेको थियो । कम तौल भएका बच्चाको स्वास्थ्यका हिसावले सामान्य बच्चाभन्दा बढी जोखिममा हुने भएकाले स्वास्थ्यमा विशेष हेरचार गर्नुपर्ने डा. झाले बताउनुभयो ।आफु कहाँ आइसकेकोले शिशुलाई बचाउन आफ्नो पेशागत धर्म भएको र     यसलाई एउटा चुनौतीको रुपमा पनि स्विकार्दै उपचार प्रक्रिया अगाडि बढाएको डा.झा ले बताउनुभयो अहिले तिनवटै नवजात शिशुहरुको उपचार भइरहेको उहाँले बताउनुभयो । उपचारको क्रममा शिशुहरुको   शरिरको तापक्रम हरबखत  मेन्टेन गरि  बेलाबेलामा NG tube को मद्दतले दूध खुवाउने ,एन्टिबायोटिक कोर्स दिने,अक्सिजन दिने र शरिरको तौल बढ्ने औषधिहरु दिएर राखेको उनले बताए ।
   एकलाख महिलाम एकजना मात्र महिलाले तिम्ल्याहा बच्चालाई जन्मदिने गरेको डा.झाले बताए ।उपचारको क्रममा रहेका तिनवटै शिशुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले  जानकारी दिनुभयो ।

No comments:

Post a Comment