Tuesday, October 13, 2020

चेम्बर दिवसको अवसरमा मलंगवामा प्रभातफेरी

 




लोकतन्त्र समाचारदाता---
सर्लाही ,असोज २७
     चेम्बर दिवस तथा नेपाल चेम्बरले ७० औं वर्ष प्रवेश गरेको  अवसरमा आज(मंगलबार) बिहान  सर्लाहीको सदरमुकाम मलंगवामा  प्रभातफेरी निकालिएको छ । सर्लाही चेम्बर र मलंगवा चेम्बरको संयुक्त आयोजनामा मलंगवा नगरपालिका क्षेत्रको परिक्रमा गरि प्रभातफेरी निकालिएको हो ।
    त्यस अवसरमा सर्लाही चेम्बरका बरिस्ठ उपाध्यक्ष संजय गुप्ता सुगन्ध,उपाध्यक्ष विकास गोयल,उपाध्यक्ष दिनेश राय , मलंगवा चेम्बरका अध्यक्ष अमित कुमार अग्रवाल र सदस्यहरुको सहभागीता तथा  मेडिकल सुपरिटेन्डेन्ट संजिब सिंहको उपस्थितिमा अस्पतालका बिरामी र बालमन्दिरका बालबालिकाहरुलाई फलफुल वितरण समेत गरिएको मलंगवा चेम्बरले जनाएको छ ।

No comments:

Post a Comment