Friday, October 23, 2020

खुटौनाका वडाध्यक्ष तैयव मिकरानी द्वारा दशैं,दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान

 


लोकतन्त्र समाचारदाता-------




सर्लाही ,कात्तिक ७

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नम्बर ६ खुटौनाका वडाध्यक्ष मो.तैयव मिकरानीले हिन्दूहरूले मनाउने महत्त्वपूर्ण चाड पर्व बड़ा दशै,दिपवली तथा छठको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरि  जनप्रतिनिधि,राजनैनिक दलका प्रमुख तथा प्रतिनिधि ,सरकारी तथा गैरसरकारी कर्मचारी र स्थानीय नागरिकहरु बीच शुभकामना आदानप्रदान गर्नुभएको छ। 

   वडाध्यक्ष मिकरानीले राष्ट्रिय पर्वको मान्यता पाएको  महत्त्वपूर्ण चाड बड़ा दशैको शुरूवात घटस्थापनाको दिन देखि सुरु हुने भएकाले आफ्नै ब्यक्तिगत खर्चमा सानो दशैं मिलन समारोहको आयोजना गरि देश विदेशमा रहेका नेपाली नगरिक तथा वडाबासीहरुको सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो ।  दशै,तिहार र छठ हिन्दुहरुको मात्र नभई सम्पूर्ण नेपाली जनताहरुको शाझा चाड पर्व भएकोले यसलाई भाइचाराको रुपमा  शान्तिपूर्ण ढंगले मनाउन उहाँले बिनम्र अनुरोध गर्नु भएको छ ।यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेकोले कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हुनु पर्ने वडाध्यक्ष मिकरानीले बताउनुभयो। समाजिक दुरी कायम गरी , साथै सतर्कता अपनाइ धुमधामले हर्ष उल्लासका साथ यी चाडपर्वहरु मनाउन उहाँले आग्रह गर्नुभयो  ।

     वडाध्यक्ष मिकरानीको अध्यक्षतामा आयोजना भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानाध्यापक राम पुकार राय,विशिष्ट अतिथि बि. ओ.पि .खूटौनाका प्रमुख सशस्त्र प्रहरी निरिक्षक 

  गणेश अधिकारी,स्थानीय वडाबासी लगायतको उपस्थिति रहेको उहाँका सहयोगी तथा खुटौना निवासी  कैमुल मिकरानीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment