Sunday, October 11, 2020

बलात्कार र एसिड आक्रमण विरुद्ध सर्लाहीमा किशोर किशोरीहरु द्वारा प्रदर्शन

 




सर्लाही,  असोज २५
    महिलाहरु माथि हुने बलात्कार तथा  एसिड आक्रमणको  विरुद्ध आइतवार बिहान एकैसाथ सर्लाहीको सदरमुकाम मलंगवा ,लालबन्दी ,हरिवन र हरिपुरमा  प्रदर्शन गरिएको छ ।
    देशभर बढेको  बलात्कारका तथा एसिड आक्रमणका  घटना प्रति चिन्ता व्यक्त गर्दै सर्लाहीका किशोर–किशोरीहरु पिडकलाई कडा कारवाही र पीडितलाई न्यायको माग गर्दै  सडकमा निस्किए का हुन् ।  सरकार देखाउ इच्छा, खोईत महिलाको सुरक्षा ?’, मौन बसेको सरकार, किन बढ्दै छ बलात्कार ?’, उसको छोटो लुगाले होइन्, तिम्रो छोटो सोँचले हुन्छ बलात्कार, आखिर म कहाँ सुरक्षीत एकान्त कि भिडमा , ‘एक्लै हिँडे बलात्कार , प्रपोज एक्सेप्ट नगरे एसिड अट्याक, के म हजुरकी चेली हैन ?’ जस्ता नाराहरु  लेखिएको प्लेकार्ड बोकेर नगरको परिक्रमा गरेका छन् ।
   म‌‌लंगवामा भएको प्रदर्शनमा सहभागिहरुले एसिड आक्रमण पश्चात बिग्रीएको अनुहारको स्वरुप तथा बलात्कृतको त्रसित मुहार झल्कने गरी आफ्ना अनुहारमा सांकेतिक पेण्ट समेत गरेका थिए ।

1 comment: