Tuesday, October 27, 2020

दुर्घटनामा परी घाईते हुनुभएका पत्रकार प्रेमनाथ पौडेललाई पत्रकार महासंघ सर्लाही द्वारा आर्थिक सहयोग




सर्लाही, कार्तिक ११ 

    पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ सर्लाही शाखाले मोटरसाइकल दुर्घटनामा परेर घाइते हुनुभएका  पत्रकार प्रेमनाथ पौडेललाई आर्थिक सहयोग गरेको छ ।उहाँ  गत असोज २९ गते बिहिवारका दिन रिपोर्टिङ गरेर घर फर्किरहेको अवस्थामा मोटरसाइकल दुर्घटनामा परेर घाइते हुनु भएको थियो ।दुर्घटनामा उहाँ खुट्टा भाँच्चिएर घाइते हुनु भएको हो।

    महासंघले पत्रकार पौडेलको हरिवन नगरपालिका वडा न-४ स्थित निजि निवासमै पुगेर नगद रु.१३ हजार आर्थिक सहयोग गरेको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरले जानकारी दिनुभयो ।सहयोग रकम हस्तान्तरण गर्दै नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ  ठाकुरले  अहिले हामी थोरै रकम सहयोग गरी पत्रकार पौडेललाई मलम लगाउने कार्य  गरेको र   आवश्यकता परे पुःन सहयोग गरिने बताउनुभयो। 

    सहयोग रकम हस्तान्तरण गर्न सर्लाही शाखाको सम्पूर्ण सदस्यहरुको प्रतिनिधित्व गर्दै  पत्रकार महासंघ सर्लाही शाखाका भुतपूर्व अध्यक्ष शंकर श्रेष्ठ, वर्तमान अध्यक्ष  ठाकुर,  सह–सचिव सत्य प्रकाश यादव, महासंघका सदस्य घनश्याम सिंह, सोम दियाली, राकेश गुप्ता लगायत पुगेका थिए ।


No comments:

Post a Comment