Thursday, October 29, 2020

सिडियोले आश्रीत बालबालीकालाई टिका र जमरा लगाएर




सर्लाही ,कात्तिक १३

    सर्लाहीका प्रमुख जिल्ला अधिकारी(सिडियो)ले मलंगवा स्थित बालमन्दिरमा रहेको बालगृहमा आश्रित बालबालिकाहरुको अविभावक्त्व ग्रहण गर्दै टिका र जमरा लगाएर आशिर्वाद प्रदान गरेका छन् ।  टिकाको तेस्रो दिन बिहान प्रजिअ सुरेन्द्र पौडेलले ८ आश्रित बालबालिकाहरु सँगै बालगृहका पदाधिकारीहरुलाई पनि टीका लगाइदिएका हुन। 

   बाल मन्दिरमा १० जना बालबालिकाहरु रहेकामा ८ जनालाई टिका र जमरा लगाएको नेपाल  बाल संगठन जिल्ला कार्यसमिती सर्लाहीका अध्यक्ष शमिम बाबू खानले जानकारी दिए ।अविभावक गुमाएका बालबालिकाहरु सिडियोबाट टीका थाप्न पाएपछि खुसी ब्यक्त गरेका थिए ।





No comments:

Post a Comment