Thursday, October 1, 2020

बरहथवा जाँदै गरेको अटो दुर्घटना, ३ जना घाइते

 



रुना धामी---
सर्लाही ,असोज १५
     सर्लाहीको धनकौल गाउँपालिकामा बुधबार अपराह्न अटो दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।
    अपराह्न करिब २ बजेको समयमा धनकौल गापा-१ सेखौना नजिकै मधुवनी सडक खण्डमा मधुवनीबाट बरहथवा तर्फ आउँदै  गरेको ना २ ह ६५९० नम्बरको अटो अचानक आफै अनियन्त्रित भएर पल्टिँदा ३ जना घाइते भएका हुन ।घाइते हुनेहरुमा बरहथवा नगरपालिका वडा -४ बस्ने दुखा चौधरीकी २९ वर्षिया श्रीमती मनिष कुमारी चौधरी ,सोही ठाउँ बस्ने वर्ष २८ को उमेद महतो  र सोही ठाउँकै अटो चालक ४० वर्षिय शम्भु महतो रहेका छन् ।
    घाइते तीनैजनाको एडभान्स सन्जिवनी अस्पताल बरहथवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।दुर्घटनामा संलग्न अटो प्रहरीको नियन्त्रणमा राखिएको छ।

No comments:

Post a Comment