Saturday, October 3, 2020

सर्लाहीमा एकैदिन बेग्लाबेग्लै सवारी दुर्घटनामा १ जनाको मृत्यु १० जना घाईते

 



सर्लाही,१७ असोज
       सर्लाहीमा एकैदिन चार बेग्लाबेग्लै स्थानमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन । मृत्यु हुनेमा महोतरीको बर्दिबास नगरपालिका वडा न-१ किसनपुर बस्ने १७ वर्षिय सरोज साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
     शुक्रवार साँझ जिल्लाको  लालबन्दी नगरपालिका वडा न-१७ रानीगंज स्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना. २३ प. १६६३ नम्बरको मोटरसाईकलले सडक पार गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको प्रदेश न १–०२–०४१४४८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ सो मोटरसाइकलका चालक सरोज साह  गम्भिर घाईते भएका थिए।  अचेत अवस्थामा रहेको साहको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको जिप्रका  सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले  जनाएको छ ।सोही मोटरसाइकलको  पछाडी सवार बर्दिबास नगरपालिका वडा न- १ किसनपुर बस्ने १७ वर्षिय नविन साह पनि घाईते भएको डिएसपी कुवँरले बताए । सोहि दुर्घटनामा परेर ना. २३ प. १६६३ नम्बरको मोटरसाइकल चालक सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न-१५ बस्ने ३५ वर्षिय दिनेश राय तथा मोटरसाइकल पछाडी सवार सोहि ठाउँ बस्ने २६ वर्षिय कृष्ण यादव घाईते भएका छन् ।
     यसैगरी सोही रात सदरमुकाम  मलंगवा नगरपालिका वडा न-१० स्थित भेल्ही सडकमा  BR 30  Y 2213 नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिँदा जाँदा वडा न-९ बस्ने बर्ष २० को अबधेश शर्मा र बर्ष २२ को गैतम शर्मा घाईते भएका छन। त्यस्तै  हरिपूर्वा नगरपालिका वडा न-९ बसतपुर स्थित भित्रि सडक खण्डमा श्रीनगरबाट हरिपुर्वा तर्फ जाँदै गरेको BR 30  E  3373 नम्बरको मोटरसाइकलले  बिपरित दिशातर्फ बाट आइरहेको साईकललाई ठक्कर दिदाँ  साईकल चालक हरिपुर्वा न.पा-७ बस्ने नवल किशोर मण्डलकका ११ वर्षिय छोरा सन्तोष कुमार मण्डल र साईकल पछाडि सवार  दशरथ मण्डलका  १२ वर्षिय छोरा अमरजित मण्डल र मोटरसाइकल चालक सोही नगरपालिका वडा न-९ बस्ने  २४ वर्षिय अनिल यादव घाइते भएका छन् ।
    त्यस्तै सोहीदिन जिल्लाकै बरहथवा नगरपालिका वडा न- ७ मा पनि बरहथवाबाट हिरापुरतर्फ जाँदै गरेको प्र.नं.२–०३–००४४८८० नम्बरको स्कुटीले रोकी राखेको ना. ३७ प. १९९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ  स्कुटीका चालक बरहथवा नगरपालिका वडा न-५ बस्ने १८ वर्षिय अमित सिंह र मोटरसाइकल चालक  सोही ठाउँ बस्नेत  २७ वर्षिय जय नारायण दास घाइते भएका छन्र ।
    मृतक सरोजको शव पोष्टमार्टमका लागि  जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।  घाइतेहरुको सर्लाहीको विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको डिएसपी कुवँरले जानकारी दिए ।

No comments:

Post a Comment