Tuesday, October 13, 2020

प्रहरीले हत्याको छानबिन नगरेपछि नेपाली कांग्रेसले जिल्ला प्रशासन सर्लाही मार्फत गृह मन्त्रालयलाई ध्यानाकर्षण गरायो

 



लोकतन्त्र समाचारदाता---
सर्लाही,असोज २७
     महेन्द्र रामको मृत्यु प्रकरणको विषयमा सत्य तथ्य छानबिनको माँग गर्दै नेपाली कांग्रेस सर्लाहीले जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र पठाएको छ ।
    ज्ञापनपत्रमा सर्लाहीको   रामनगर गाउँपालिका वडा न-७ सिसौट निवासी महेन्द्र रामलाई गएको असोज २१ गते साँझ  समयमा आफनो घर अगाडी बसिरहेको अवस्थामा करिब १५ जनाको समुहमा आएका मानिसहरुको समुहले  घरेलु हातहतियारद्वारा हमला गरि गम्भीर घाइते बनाएका थिए । गम्भिर घाइते भएका रामको सदरमुकाम  मलंगवा स्थित सर्लाही  अस्पतालमा  प्राथमिक उपचार पश्चात्  थप उपचारको लागि इन्डो अस्पताल बिरगंज लगिएको र त्यही उनको भोली पल्ट (असोज २२ गते ) मृत्यु भएको थियो । रामको मृत्यु  पश्चात्  शव परिक्षणको लागि सर्लाही स्थित मलंगवा  अस्पताल ल्याउने क्रममा प्रहरीले अनावश्यक दवाव दिई शवलाई बिरगंज स्थित नारायणी अस्पतालमै राखेको भनी  उल्लेख गरिएको छ।
    प्रतिनिधि सभा सदस्य नागेन्द्र कुमार, डा. अमरेश कुमार सिंह, प्रदेश सभा सदस्य उपेन्द्र प्रसाद कुशवाहा, विरेन्द्र सिंह, नेपाली कांग्रेस सर्लाहीका उप सभापती सुरेन्द्र प्रसाद सिंह, धनकौल गाउँपालिका प्रमुख राम आश्रय साह, रामनगर गाउँपालिका प्रमुख कृष्ण प्रसाद वर्मा र नेपाली कांग्रेस सर्लाहीका निवर्तमान सभापती लक्ष्मण रायद्धारा संयुक्तरूपमा हस्ताक्षरित ज्ञापन पत्रमा मृतक परिवारको जाहेरी दरखास्त दर्ता, सहिद घोषणा र परिवारलाई क्षतिपूर्ती लगायतको मागहरु उल्लेख गरिएको छ ।
     प्रहरीलेनै  अपराधको निष्पक्ष छानबिन गर्नुको साटो राजनीतिक दवावमा आएर पिडित पक्षको जाहेरी दरखास्त दर्ता नै नगरी दोषिलाई उन्नमुक्ति दिने कार्य गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।  ज्ञापनपत्रमा उल्लेख भए अनुसारको माग पुरा नभए र दोषि उपर कडा कार्वाही नभए मृतकको  शव नबुझ्ने र  पिडित परिवारलाई न्याय दिलाउन थप संघर्षका कार्यक्रमहरु अघि सार्ने नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापती तथा संघीय सांसद नागेन्द्र कुमार रायले बताउनुभयो ।
   मृतक रामको शव विगत ६ दिन देखि नारायणी अस्पतालमै राखिएको छ ।

No comments:

Post a Comment