Sunday, October 18, 2020

मलंगवाको घना बस्तीमा दिउँसै लुटपाट

 


**





१५ लाख नगद सहित ४ लाखको गरगहना लुटियो**Video सहित📹️

सर्लाही ,कात्तिक २
    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-९ स्थित सरस्वती टोलको घना बस्तीमा रहेको एक घरमा सनिवार दिउँसो लुटपाट भएको छ ।१५ जनाको संख्यामा आएका लुटेराहरुको समुहले स्थानीय रिजवान अहमद मिकरानीको  घरबाट चारदिन अगाडी मलंगवा स्थित NMB बैंकबाट झिकेर ल्याएको नगद रु १५ लाख र ४ लाख रुपैयाँ बराबरको को सुनचाँदीका विभिन्न किसिमका  गरगहना लुटेका छन् ।
    दिउँसो १२ बजेको समयमा  घरमा महिला र साना बालबालिकाहरु मात्र रहेको बेला अटो र मोटरसाइकलमा आएका ती लुटेराहरुको समुह घरको मेन गेट तोडी कम्पाउण्ड भित्र ढुंगामुढा गर्दे पसेको र घरभित्र पसिसकेपछि सुत्ने कोठामा रहेको दराज फुटाई त्यस भित्र राखेको सुनचाँदीका गरगहना सँगै अगाडीको कोठामा बैंकबाट झिकेर ल्याइ  झोला भित्र राखेको १५ लाख रुपैयाँ लुटेर लगेको घटनाको प्रत्यक्षदर्शी घरमुली मिकरानीकी श्रीमती सहनाज बेगमले बताएकी छिन् ।एक हुल मानिसहरु आएर अचानक ढुंगामुढा गर्दै घरभित्र पसेर लुटपाट मच्चाएको छिमेकीहरुले देख्दादेख्दै पनि तिनीहरुको प्रतिकार गर्न एकजना पनि अगाडी नआएको पिडित सहनाज बेगमले घटना स्थलमा पुगेका पत्रकारहरु सँग गुनासो गरेकी छिन्  ।चिनेकै मान्छेले बाहिरबाट लुटेराहरूलाई बोलाएर लुटपाट गराएको घरमुली रिजवान अहमद मिकरानीले आशंका व्यक्त गरेको छ ।
   घना बस्तीमा सयौं टोलबासी तथा छिमेकीहरुको सामुन्नेनै  बाहिरबाट आएका मुठ्ठीभर लुटेराहरुले दिउँसै लुटपाट गर्नु लज्जास्पद भएको वडा न-९ का वडाध्यक्ष दिपलाल महतोले भने । यस किसिमको घटनाले  सुरक्षाप्रति प्रश्न चिह्न खडा भएको उनको भनाइ छ।
       सोही घटनाको आरोपमा घटनास्थलबाटै लुटपाटमा संलग्न केही ब्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

No comments:

Post a Comment