Friday, October 23, 2020

आज बडादशैँको सातौँ दिन : सात अंकको यस्तो संयोग



आज बडादशैँको सातौँ दिन : सात अंकको यस्तो संयोग

काठमाडौँ,कात्तिक ७– आज २०७७ साल कात्तिक ७ गते । त्यति मात्रै होइन, तिथि पनि सप्तमी । अर्थात् सालदेखि महिना, गते र तिथिसम्म सातै अंक रहेको अनौठो संयोग भएको दिन ।

हिन्दु धर्मावलम्बी नेपालीको महान् चाड बडादशैँको सातौँ दिन महासप्तमी अर्थात् घरघरमा फूलपाती भित्र्याउने तिथि । यसैले यो दिन विशेष महत्त्वको मानिन्छ । धार्मिक दृष्टिले पनि सात अंकलाई शुभ मानिन्छ । त्यसमाथि पनि विजयादशमीकै तिथिमा सालदेखि गतेसम्म सात अंकको मिलन अनौठो संयोग हो ।

नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा.माधवप्रसाद भट्टराई आज सात अंकको संयोग असामान्य भए पनि धार्मिक रूपले विशेष नभएको बताउनुभयो । यस्तो संयोग विरलै पाइने उहाँको भनाइ छ ।

No comments:

Post a Comment