Tuesday, October 20, 2020

ग्याँस लिक भएर आगलागी

 




सर्लाही ,कात्तिक ४

     सर्लाहीको बागमती नगरपालिका -२ धरहरा स्थित स्थानीय सुशील पौडेलको घरमा आगलागी हुँदा ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

   सोमबार राति पौने ८ बजे पौडेलको घरमा खाना पकाउने क्रममा ग्याँस लिक भएर भएको आगलागीबाट सो क्षति भएको हो ।आगलागी भएको खबर पाउनासाथ प्रहरी चौकी ढुँग्रेखोलाबाट प्रहरी सहायक निरिक्षक तेज प्रसाद अधिकारीको कमाण्डमा ३ जना टोली घटना स्थलमा पुगि स्थानीयहरुको सहयोगमा करिब आधा घण्टाको अथक प्रयास पछि आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी मदन कुवँरले जानकारी दिए ।

    आगो निभाउने क्रममा पौडेलको अनुहार सामान्य पोलेको छ ।

आगलागीबाट घरमा भएको लत्ताकपडा तथा केही फर्निचरहरु जलेको प्रहरीले जानकारी दिए ।


No comments:

Post a Comment