Sunday, October 11, 2020

NNDSWO ले प्रदान गरको छात्रवृत्ति रकमको सदुपयोग गर्दै सर्लाहीका दलित बालबालिका

 




मनोज यादव----

सर्लाही ,असोज २५

    नेपाल राष्ट्रिय  दलित समाज कल्याण संघ सर्लाही र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा संचालित नेपाल  छात्रवृति कार्यक्रमको सनिवार अनुगमन गरिएको छ । 

    गरिब दलित विद्यार्थीहरुको शिक्षामा पहुँच पुर्‍याउने उदेश्यले सन् 1992 देखि कार्यक्रम संचालनमा आएको हो ।सोही कार्यक्रम अनुसार संस्थाको सर्लाही स्थित शाखाले  जिल्लाको मलंगवा र हरिपुर्वा नगरपालिका तथा ब्रम्हपुरी गाउँपालिकाका १०० जना दलित बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।सोही  विद्यार्थीहरुको शैक्षिक प्रगति ,विद्यालय नियमितता ,छात्रवृत्तिको सदुपयोग र विद्यार्थीको पारिवारिक शैक्षिक अवस्थाको विषयमा नियमित अनुगमन र घरभेट गर्नुपर्ने भएकोले  संघका जिल्ला अध्यक्ष राजेश पासवानको नेतृत्वमा संयुक्त दलित संघर्ष समितिका सह-संयोजक राम नरेश मण्डल ,मानवअधिकारकर्मी बुधन साह,जिल्ला शिक्षा विकास समन्वय इकाई सर्लाहीका प्राविधिक सहायक सोभित साह र पत्रकार मनोज यादव सहितको टोली  बसतपुर,पिपरा,पडरिया,नोकैल्वा,भेल्ही र मलंगवाको अनुगमन गरि विद्यार्थीहरुको  अवस्थाको बारेमा जानकारी लिएको हो ।

    संस्थाले आधारभुत तह अन्तर्गत विशेष लक्षित वर्गका लाई  ४ सय,अति जोखिम उच्च माध्यमिक तहलाई १४ सय,माध्यमिक तहलाई  ५ सय त्यस्तै उच्च मावि तह अन्तर्गत विशेष लक्षित वर्गकालाई १२ सय , प्राविधिक तह रोल मोडेललाई २ हजार र स्नातकोत्तर तहकालाई २५ सयका दरले प्रती विद्यार्थी छात्रवृत्ति  वितरण गरिदैं आएको र उक्त रकम  प्रत्येक त्रैमासिक रुपमा वितरण गरिदैं आएको कार्यक्रम अधिकृत गोविन्द कुमार पासवानले जनाएको छ ।   

    छात्रवृत्ति स्वरुप प्राप्त गरेकोे  रकमबाट विद्यार्थीहरु विद्यालय पोशाक ,शैक्षिक सामाग्री खरिद,टिउसन शुल्क ,व्यक्तिगत सरसफाइ लगायतमा खर्च गर्ने गरेको अनुगमन टोलीले निष्कर्ष निकालेका छन् ।NNDSWO बाट प्राप्त गरेको छात्रवृत्ति रकमबाट सर्लाहीका अधिकांश दलित विद्यार्थीहरु अहिले कुनै न कुनै जागिर तथा पेसामा आबद्ध रहेको संस्थाका अध्यक्ष राजेश पासवानले बताउनुभयो ।


No comments:

Post a Comment