Thursday, October 8, 2020

असोज भित्रै उखु किसानलाई सरकारी अनुदानको रकम वितरण गरिने

 



लोकतन्त्र समाचारदाता ------

सर्लाहीको ,असोज २२

    यही असोज मसान्तभित्र  सर्लाहीका उखु किसानलाई सरकारी अनुदान बापतको रकम  भुक्तानी गरिने भएको छ जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला भुक्तानी समिति सहित सरोकारवालाहरुको बैठकले गरेको निर्णय अनुसार गत सिजनमा चिनी उद्योगलाई उखु बिक्री गरे बापत किसानलाई  सो अनुदान वितरण गर्ने भएको हो ।

     सरकारले दुईसाता अघिनै कोष तथा लेखा नियन्त्रक कार्यालय  मलंगवालाई उखु किसानहरुको अनुदान रकम निकासा गरिसकेको छ ।कोलेनिकाका  अनुसार सरकारले हाल २१ करोड ३४ लाख ९५ हजार रुपैंया निकासा गरेको छ । सर्लाहीका दुईवटा चिनी उद्योगबाट क्रसिङ भएको तथ्यांकका आधारमा २१ करोड ७९ लाख ३८ हजार ६५ रुपैंया ३१ पैसा आवश्यक भएपनि सरकारले २.५ प्रतिशत कम रकम निकासा गरेकाले किसानलाई भुक्तानी कसरी गर्ने भन्ने अलमलका कारण केही ढिलाई भएको कार्यालय प्रमुख जगत प्रसाद थपलियाले जानकारी दिए ।

   प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको समन्वय तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राम प्रमोद यादव संयोजकत्वमा बसेको  समितिको बैठकले असोज मसान्त भित्र आएको रकम किसानलाई भुक्तानी गर्ने र बाँकी रकम निकासाका लागि माग भएपनि प्राप्न नभएकाले अबिलम्ब निकासाका लागि सरोकारवाला सबैले प्रयत्न गर्ने निर्णय गरेको छ ।  हाल प्राप्त रकमबाट सम्बन्धित चिनी मिलहरुको सहयोगमा सर्लाही जिल्लाको कृषकहरुको प्राथमिकतामा राखी कृषकको बैंक खाता मार्फत भुक्तानी उपलब्ध गराइने  निर्णय गरिएको छ । 

    देशमै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीमा तीनवटा चिनी उद्योगहरु रहेपनि गत सिजनमा दुईवटा उद्योगले मात्र क्रसिङ गरेका छन् ।

No comments:

Post a Comment