Saturday, October 10, 2020

सर्लाहीमा डिजे बाजामाथि स्थानीय प्रशासनद्वारा प्रतिबन्ध लगाइयो

 



लोकतन्त्र समाचारदाता---
सर्लाही ,असोज २४



      सर्लाहीमा डिजे बाजामाथि स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ ।  जिल्लाको विभिन्न भागमा हुुने धार्मिक, सामाजिक, राजनीतिक लगायतको कार्यक्रममा डिजे साउण्ड सिस्टम प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले आदेश जारी गरेको छ ।
    डिजे बाजाबाट ध्वनी प्रदूषण, विभिन्न  स्वास्थ्य समस्या, शान्ति सुरक्षा र समाजिक सद्भावमा प्रतिकुल प्रभाव पर्ने तथा विभिन्न दुर्घटना समेत हुने रहेको तथ्यलाई मध्य नजर गर्दै जिल्ला सुरक्षा समिति, जिल्ला स्तरीय सर्वदलीय सर्वपक्षीय बैठक तथा नेपाल सरकारका माननीय मन्त्री ,प्रतिनिधि सभाका माननीय सदस्य ,प्रदेश सभाका माननीय सदस्य ,स्थानीय तहका प्रमुखहरुको संयुक्त बैठकबाट डिजेका कारण समुदायमा बाधा, अवरोध र जनस्वास्थ्यमा खराब असर परिरहेकाले   स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सर्लाही जिल्ला  भित्र डिजे साउण्ड सिस्टममा प्रतिबन्ध लगाउन सिफारिस गर्दै सूचना जारी गरिएको छ ।
जिल्ला प्रशासनको निर्णय बेवास्ता गरेमा साउण्ड सिस्टम जफत गरीे प्रचलित कानुन बमोजिम कारवाही गर्ने सूचनामा उल्लेख रहेको छ ।

No comments:

Post a Comment