Wednesday, October 21, 2020

सर्लाहीका क्रियाशील तथा अनुभवी पत्रकार प्रेमनाथ पौडेल दुर्घटनामा परि घाईते

 




मनोज यादव----

सर्लाही ,कात्तिक ५  

      सर्लाही जिल्लाका जुझारु तथा  क्रियाशील  पत्रकार प्रेमनाथ पौडेल  मोटरसाईकल दुर्घटनामा परि घाईते हुनु भएको छ।

बिगत १५ बर्ष देखि सर्लाही जिल्लाका स्थानीय साथै  राष्ट्रिय स्तरका विभिन्न संचारगृहमा रहेर कामगर्दै आएका पत्रकार पौडेल गत बिहीबार  लालबन्दी बाट रिपोटिङ्ग गरि घर फर्किदै गर्दा आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा  देब्रेखुटा मा चोट लागि गम्भीर घाईते हुनु भएको उहाँ को पारिवरिक श्रोतले जनाएको छ ।

     २०६३ साल देखि पत्रकारिता क्षेत्रमा कलम चलाउदै आउनु भएका पत्रकार पौडेलको खुट्टामा गहिरो चोट लागे पछि उहाँको गत बिहिबार नै हरिवन स्थित नमुना अस्पतालमा उपचार गरिएको छ ।उहाँको खुट्टामा प्लास्टर गरि एक महिनाको लागि बेड रेष्टमा रहन उपचारमा संलग्न चिकित्सकले सुझाव दिएको छ ।भएको पौडेल का श्रीमती बिधा पौडेल ले बताउनु भयो ।उहाँ अहिले घरमै बेड रेष्टमा बस्नु भएको छ । दुर्घटना परि उहाँको बायाँ खुटाको पाईताला माथी दायाँ बायाँ साईडमा हड्डी  फ्याक्चर भएकोले  चिकित्सकले एक महिना पुर्ण बेड रेष्टमा बस्न सल्लाह दिएको पौडेलकी जीवन सँगिनी बिधा पौडेलले लोकतन्त्रलाई बताउनु भएको छ।

     पत्रकारहरु राज्यको चौथो अंग हुन्छ भन्ने सुनेको र बुझेको थिए तर  सबै गर्न सक्नेहरुलाई मात्रै हेर्ने रहेछन । घटना भएको एक हप्ता बिति सक्दा पनि न पत्रकार महासंघ ले हेरेको छ ,न त विभिन्न पत्रकार संगठनहरु ले नै हेरेको छ ,पत्रकार पौडेलकी जीवन सँगिनी विधाले गुनासो गर्नुभयो ।  स्थानिय सरकारले पनि दुख मा परेका श्रमजिवी पत्रकारका लागि केही गर्नुपर्छ र सेवा सुविधा दिनुपर्छ भन्ने तर्फ सोंचेको छैन उनले दुखेसो पोखे  ।उनले भने,घरको मुली उहाँनै हुनुहुन्छ , छोरा पनि अपाङ नै  छ।कमाउने मान्छे  एउटा उहाँ मात्रै भएकोले अब उहाँ पनि अपाङ जस्तै बन्नु भएको छ । हिडडुल गर्न समस्या छ । एक जना साथी चौकीदार जस्तै बस्नु पर्छ । यो दशै को मुखमै आएर  दशा लागेको उनले दु:खी हुँदै सुनाए ।  

     श्रीमति सहित एक छोरा र एक छोरी रहेका पौडेल सर्लाहीको लालबन्दीबाट प्रकाशित हुने निगरानी टुडे दैनिकका सह सम्पादक हुनुहुन्छ । २०६३ सालमा सर्लाही आवाज साप्ताहिक  पत्रीकाबाट समाचारदाताको रुपमा काम शुरु गरेका पौडेलको २०६३ यता  सुनगाभा एफएम बर्दिबास , रेडियो एकता लालबन्दी सर्लाही,एबिसी टेलिभिजन ,रेडियो नेपाल का लागि सर्लाही बाट समाचारदाताका साथै जिल्लामै पहिलो सामुदायिक   रेडियो सर्लाही हरिवनमा समाचार वाचकको रुपमा समेत काम गरि सक्नु भएको लामो अनुभव छ ।उहाँ नेपाल पत्रकार महासंघ सर्लाहीबाट प्रदेश सदस्य का साथै प्रेस संगठन नेपाल सर्लाही का सहसंयोजक समेत हुनुहुन्छ ।

No comments:

Post a Comment