Tuesday, October 20, 2020

बाल संगठन सर्लाहीको जिम्मेवारी शमिमबाबु खानको काँधमा

 



सर्लाही ,कात्तिक ४
      महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको नेपाल बाल संगठन सर्लाहीको तदर्थ जिल्ला कार्यसमितिको  सभापतिमा मलंगवा नगरपालिका वडा न-६ खुटौना निवासी शमिमबाबु खान  नियुक्त भएका छन् ।खान संगठनको सभापति पदमा नियुक्त भए लगत्तै मलंगवा वडा न-८ स्थित बालमन्दिरको  सरसफाइमा तथा व्यवस्थापनमा जुटेका छन् ।
     नेपाल बाल संगठन केन्द्रीय कार्यसमितिको असोज १६ गते बसेको बैठकले देशभरका सबै जिल्ला कार्यसमिति भंग गर्ने निर्णय गरेपश्चात् असोज २० गते बसेको बैठकले ७७ वटै जिल्लामा सभापतिहरु नियुक्त गरेको हो ।
   आफु संगठनको सभापति पदमा नियुक्त भएपछि  संगठनको विधान, नीति, कार्यक्रम तथा निर्णय र निर्देशनकाको आधारमा कामलाई अघि बढाउने खानले बताए । बाल संगठनको जिल्लामा रहेको चल अचल सम्पत्तिको व्यवस्थित अभिलेख राख्न र त्यसको संरक्षण गर्न साथै संरक्षण बिहीन बालबालिकाहरुको सहारा बन्ने मौका पाएकोमा आफु गौरवान्वित महसुस गरेको उनले बताए ।
   बिगत लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा  क्रियाशील रहँदै आएका खान सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाही सँग आबद्ध रहेका छन् । उनले बेलाबेलामा जिल्लाको शैक्षिक स्तर सुधार ,बजार व्यवस्थापन ,सामाजिक विकास लगायतका कामहरुको लागि  निगरानी तथा अनुगमन गर्दै आएका छन् ।उनले जिल्लामा एउटा असल र जुझारु युवा नेताको रुपमा आफ्नो परिचय स्थापित गरिसकेका  छन् ।

1 comment:

  1. बधाई तथा सफल कार्यकालको शुभकामना

    ReplyDelete