Wednesday, October 7, 2020

सर्लाहीमा कोरोनाबाट थप दुईजनाको मृत्यु

 





सर्लाही ,असोज २१

सर्लाहीमा  थप दुईजना ब्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

     चितवनको भरतपुरमा उपचार गराउँदै गरेको  लालबन्दी नगरपालिका वडा न-८ का ४२ वर्षिय पुरुष र  काठमाण्डौंमा उपचार गराउँदै गरेको हरिपूर्वा नगरपालिका वडा न-५ का ६५ वर्षिय पुरुषको  कोरोना लागेर मृत्युु भएको सम्बन्धित पालिकाले जनाएको छ । लालबन्दीका मृतक पहिले देखिनै कलेजो सम्बन्धि रोगको बिरामी रहेको थियो भने हरिपुर्वाका मृतक मुटुको पुरानो  बिरामी भएको बुझिएको स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख  सुशील कुमार झाले बताए ।

      यो सगै सर्लाहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मलंगवा, हरिपूर्वा र लालबन्दीमा दुई-दुई, हरिपुर, चक्रघट्टा र बरहथवामा एक–एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मलंगवाले जानकारी दिएको छ ।



No comments:

Post a Comment