Monday, October 5, 2020

सर्लाहीमा एकै दिन छुट्टाछुट्टै सवारी दुर्घटनामा परि सातजना घाईते

 


सर्लाही ,असोह १९
   सर्लाहीका विभिन्न चार  स्थानहरुमा आइतवार  भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर  सातजना घाईते भएका छन् ।घाइते मध्ये एकजना ५ वर्षिया बालिका समेत रहेको प्रहरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले दिएको जानकारी अनुसार  ईश्वरपुर नगरपालिका–११ करमोहान स्थित भित्री सडकखण्डमा खैराबाट करमोहान तर्फ आउदै गरेको भारतीय BR–30–H 1353 नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई पल्टन जाँदा चालक ४० वर्षीय खगेन्दर राय यादव तथा पछाडि सवार २६ वर्षीय जितेन्द्र माझी र २१ वर्षीय दिपेन्द्र माझी घाईते भएका छन् । तीनजनाकै बयलवास स्थित ईश्वरपुर हेल्थ केयरमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै महोतरीको सोनमा गाउँपालिका वडा न–५ स्थित भित्री सडकखण्डमा हरिपुर्वाबाट खैरबनी तर्फ जाँदै गरेको  BR–30–C 5282 नम्बरको मोटरसाईकलले ठक्कर    दिँदा जिल्लाको  पर्सा गाउँपालिका वडा न–१ निवासी धर्मेन्द्र यादवकी पाँच वर्षीया छोरी क्रिमा यादव गम्भिर घाईते भएकी  छिन । घाइते बालिकालाई स्थानीय एक स्वास्थ्य केन्द्रमा  सामान्य उपचार गरि  थप उपचारको लागि धरान पठाइएको छ ।दुर्घटनामा संलग्न  मोटरसाईकल र त्यसका  चालक हरिपुर्वा नगरपालिका वडा न–२ निवासी १७ वर्षीय अरुण कुमार साहलाई प्रहरीले   नियन्त्रणमा लिएर कार्यवाही प्रक्रिया सुरु गरि रहेको डिएसपी  कुँवरले जानकारी दिएका छन् ।
   त्यसैगरी सोही दिन साँझ  कौडेना गाउँपालिका वडा न–२ स्थित  लखनदेही पुलमा गोडैताबाट मलगंवा तर्फ आउँदै गरेको BR–06–B4123 नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको ज. ४ प ९५७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किँदा  BR–06–B 4123 नम्बर मोटरसाईकलका चालक ब्रम्हपुरी गाउँपालिका  वडा न–४ निवासी २२ वर्षीय विजय दास तथा ज ४ प ९५७ नम्बर मोटरसाईकल चालक गोडैता नगरपालिका वडा न–६ निवासी २५ वर्षीय मुकेश महतो घाईते भएका छन् । दुवैजनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
     यस्तै  लालबन्दी नगरपालिका वडा –९ बस्तीपुर स्थित भित्रि सडकखण्डमा नवनिर्मित विद्युत कार्यालयको हाता भित्र ना. ३ ख ६४८२ नम्बरको ट्रक विद्युतको पोल लोड गरी कार्यालय भित्र प्रवेश गर्ने क्रममा साईकल यात्री ईश्वरपुर नगरपालिका वडा न–१ बस्ने ४५ वर्षीय कुसुमलाल चौधरी आफै ट्रकमा लोड भएको पोलमा ठोकिँदा घाईते भएका छन् । घाईते चौधरीको लालबन्दीमा उपचार भईरहेको डिएसपी कुवँरले  जनाएको छ ।

No comments:

Post a Comment