Sunday, October 11, 2020

सर्लाहीमा गाँजाको अवैध खेती नष्ट गर्दै प्रहरी

 



सर्लाही ,असोज २५
    सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका विभिन्न   क्षेत्रमा अवैध रुपमा लगाइएको  प्रतिवन्धित लागुऔषध गाँजा प्रहरीले नष्ट गरेको छ।
   गोप्य सूचनाको आधारमा  इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएका प्रहरी टोलीले सनिवार दिउँसो लालबन्दी नगरपालिका वडा न-१४ स्थित मटर दोभान , नारायणखोला,सत्रकठ्ठा,माईस्थान, हात्तीसुँडे भन्ने स्थानमा अवैध रुपमा लगाइएको करिब २ बिगहा १० कठ्ठा जग्गाको गाँजा खेती
नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।

No comments:

Post a Comment