Wednesday, October 21, 2020

दुर्गा पुजालाई लक्षित गर्दै मन्दिरहरुको सरसफाई







सर्लाही ,कात्तिक ५

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका क्षेत्र भित्र भित्र  रहेका  मन्दिरको सरसफाई गरिएको छ ।नगर भित्रपर्ने राजदेवी मन्दिर,महारानी स्थान र नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत  सलेमपुर र गम्हरियाको बिचमा रहेको चमेली माई मन्दिरमा सरसफाई गरिएको हो । 

      ``स्वास्थ्य प्रतिष्ठा र विकासको लागि सरसफाइ´´ भन्ने नाराका साथ सरसफाइ अभियान मार्फत विजया दशमी अर्थात दुर्गा पुजाको अवसर पारेर युवा समाज कल्याण सर्लाहीले ज्वाइन आवर हैन्ड्स मलंगवा सँगको सहकार्यमा राजदेवी मन्दिर(वडा न-९),महारानी स्थान (वडा न-२)र चमेली माई  मन्दिरको  परिसर तथा  फिल्डको सरसफाई गरिएको हो ।सरसफाइ अभियानमा नेपाल प्रहरीको समेत सकृय सहभागीता रहेको थियो ।

     ती मन्दिरहरुमा हरेक नवरात्रीमा स्थानीय तथा वाह्य दर्शनार्थीहरुको  ठुलो भिड लाग्ने गरेकोले छ ।  


 


 


 


 


 


 


No comments:

Post a Comment