Tuesday, October 20, 2020

आज दशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिँदै

 


आज दशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौँ  - बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठामा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

कुष्माण्डालाई उष्ण रक्तसमूह मानव, चराचरुङगी तथा शीतरक्त समूह माछा, सर्पलगायतका प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् ग्रन्थमा उल्लेख छ ।  

 

No comments:

Post a Comment