Thursday, October 1, 2020

सर्लाहीको ३ छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचजना घाइते

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,असोज १५

    सर्लाहीमा मंगलबार भएका तीन  छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ५ जना घाइते  भएको जिल्ला  प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

   मंगलबार दिउँसो   पुर्व पश्चिम लोकमार्ग अन्तर्गत  जिल्लाको लालबन्दी   नगरपालिका वडा न-१ मा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको सोही ठाउँ बस्ने २७ वर्षिय मनोज साहले चलाएको  प्रदेश २- ०३ ००७ प ४७५२ ले सडक क्रस गर्ने क्रममा सोही दिशाबाट आइरहेको इश्वरपुर नगरपालिका वडा न-१२ बस्ने अन्दाजी वर्ष २१ को सुजन पाख्रिनले चलाएको प्र २-०३-००४ प ५८०  नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुवै मोटरसाइकलका चालक घाइते भएका छन् । दुवैजनाको नवलपुर स्थित एक निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।त्यस्तै सोही दिन साँझ लालबन्दी  नगरपालिका वडा न-९ बस्तिपुर चौक स्थित पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र २-०१००१ ह ००१९ नम्बरको अटो सडक पार गर्ने क्रममा सोही दिशाबाट आइरहेको ज ७ प ९५५१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक हरिपुर नगरपालिका वडा न-८ बस्ने पद्म बहादुर थापाको छोरा वर्ष १९ को दिल बहादुर थापा र पछाडी बसेका सुनिल थापाको छोरा वर्ष १५ को अविनास थापा घाइते भएका छन् ।घाइते दुबैजनालाई लालबन्दी स्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ भने अटो र अटोका चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।

    यस्तै जिल्लाकै इश्वरपुर नगरपालिका वडा न-७ स्थित भित्री सडकमा भक्तिपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ४५ प ५०३८ नम्बरको मोटरसाइकलले पैदल यात्री सोही ठाउँ बस्ने वर्ष ६० को गनउर अन्सारीलाई ठक्कर दिएर घाइते बनाएको छ ।सोही दुर्घटनामा मोटरसाइकल चालक रामपुर बस्ने वर्ष ५५ को  इन्द्रबहादुर पाण्डे पनि घाइते भएको छ ।दुवैजना घाइतेहरुको बयलबास स्थित निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी प्रवक्ता कुवँरले जानकारी दिए ।


No comments:

Post a Comment