Wednesday, October 21, 2020

तराईमा यसपालिको दशैं,तिहार र छठ ईतिहासमै सबैभन्दा दु:खद पर्व हुने व्यवसायी तथा स्थानीयहरुको भनाई

 


Video सहित.....📹️




मनोज यादव----- 

सर्लाही ,असोज ५

     नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं सुरु भइसकेको छ ।  यतिबेला बजारमा  दशैंको लागि  किनमेल गर्ने मानिसहरुको चहलपहल हुनुपर्ने थियो तर कोरोना भाइरसका  कारण  बजारको रौनक घटेको छ । किनमेल गर्ने मानिसहरू घरबाट बाहिर ननिस्केका कारण सर्लाही लगायत प्रदेश न-२ का आठवटै  जिल्लाका सहर तथा  बजार अहिले  सुनसान बनेका छन् ।यसको मार सबैभन्दा बढी खाद्यान्न तथा कपडा पसलहरुमा परेको छ ।

      झन्डै सात महिना लामो लकडाउन केही बन्देजहरु सहित   खुला गरिएको छ । सरकारले लकडाउन  खुकुलो गरेको भएपनि कोरोनाको संक्रमण भने घटेको छैन ।प्रदेश २ का जिल्लाहरुमा अहिले पनि  संक्रमण दर  बढ्दो क्रममा  छ । लामो समयदेखिको  लकडाउनले दैनिक काम गरेर खानुपर्ने वर्गको रोजिरोटीमा  समस्या आएपछि सरकारले  चौतर्फी  दबाबमा लकडाउन खुकुलो  बनाए पनि असावधानी पुर्वक हिँडडुल गर्ने अवस्था भने छैन । लकडाउनका कारण देशका उद्योग धन्दाहरु ठप्प भए,  धेरैले रोजगार गुमाए , साना व्यवसायीहरुले त आफ्नो व्यवसायनै बन्द गरे । विभिन्न कार्यालयमा कार्यरत केही कर्मचारीहरु बाहेककाहरुको आम्दानीमा कमी आएकाले  यसपाली खुलेर चाड  मान्ने मुडमा कोही पनि देखिंदैन  । ठुलो परिवार भएका का लागि यसपालिको दशै ,तिहार र छठ खल्लो हुने निश्चित छ । पहिलाको जस्तो चाडवाडमा  महंगा सामानहरु खरिद गर्ने अवस्थामा निकै कम उपभोक्ताहरुको रहेको देखिन्छ ।

      तराईका जिल्लाहरुमा चाडपर्वको बेला सबैभन्दा बढी खाद्यान्न तथा लत्ताकपडाको खरिद बिक्री हुनेगर्छ । व्यवसायीहरुको कमाउने बेला पनि यही हो । तर कोरोना कहरका कारण व्यापार नहुँदा उनीहरु उत्साही छैनन् ।खाद्यान्नका खुद्रा व्यापारीहरु यसपालीको दशै,दिपावली तथा छठ पर्वमा व्यापार   राम्रो हुने कुनै लक्षण नदेखिएको बताउँछन् । लकडाउन खुकुलो भए पनि कोरोना संक्रमण जस्ताको त्यस्तै रहेकोले सोंचे जस्तो व्यापार हुने  अवस्था नरहेको मलंगवाका किराना  व्यवसायी बिक्की यादवले  बताए । पसलमा भएका सामान खासै नबिकेको र होलसेलरहरु पनि दशै ,तिहार लगायतका  चाडपर्व प्रति उत्साहित नदेखिएको व्यवसायी यादवको भनाई छ। भएका सामानहरु पनि नबिकेका कारण थप लगानी गर्न  अप्ठ्यारो भएको उनले सुनाए ।



   उपभोक्ताको आम्दानी घटेकाले पनि यसपालिको दशै,तिहार र छठमा पहिलेको जस्तै  रौनक नहुने जानकारहरुको  अनुमान छ 

लकडाउन भर्खर सुरु हुँदा खाद्यान्नको व्यापार मारामार भएको थियो । घरभित्र थुनिएका स्थानीयबासीहरु मिठा-मिठा परिकार खाएर केही दिन बिताए । खाद्यान्नको विक्री पहिलेभन्दा उच्च भयो । तर, अहिले सबै उपभोक्ताहरु सिथिल भएका छन् ।लामो लकडाउनले गर्दा सबैको खल्ति खालि भएको छ । 

     कपडा व्यापारीहरुको अवस्था पनि खाद्यान्न व्यवसायीको जस्तै छ । विगतमा दशैं र छठका लागि नयाँ कपडा किन्नेहरुको पसलहरुमा निकै ठूलो भिड लाग्ने गरेको थियो , तर यसपालि  पसलमा सोचेजस्तो  ग्राहकहरु नआएकाले व्यापार घाटामा जाने निश्चित छ  व्यापारीहरुले गुनासो गरे । 

      यसवर्षको दशैं,तिहार र छठ  ईतिहासमै सबैभन्दा दुःखद  हुने जानकारहरुले अनुमान गरेका छन् ।

No comments:

Post a Comment