Tuesday, October 20, 2020

लखन्देही खोला नजिकैबाट लागूऔषध गाँजा सहित दुईजना पक्राउ

 



सर्लाही ,कात्तिक ४
     प्रहरीले सोमबार साँझ सर्लाही स्थित लखनदेही खोला नजिकैबाट २ जना व्यक्तिलाई लागूऔषध  गाँजा सहित पक्राउ गरेको छ ।जिल्लाको चन्द्रनगर गाउँपालिका वडा न-७ निवासी १९ वर्षीय नरेन्द्र कुमार साह र हरिपुर नगरपालिका वडा न–५ निवासी २२ वर्षीय जितेन्द्र रामलाई दुई किलो गाँजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
    उनीहरुलाई इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका वडा न-१ स्थित लखनदेही खोला नजिक BR06AD 5498 नम्बरको मोटरसाईकलमा हरिवनबाट नवलपुरतर्फ आउँदै गरेको अवस्थामा रोकेर चेकजाँच गर्दा दुईजनाको बीचमा बोराभित्र राखेको अवस्थामा २ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी मदन कुवँरले  जनाएको छ ।
  राम र साहलाई बरामद गरेको गाँजा तथा मोटरसाइकल सहित नियन्त्रणमा लिएर थप अनुसंधान सुरु गरिसकेको प्रवक्ता कुवँरले जानकारी दिए ।

No comments:

Post a Comment