Wednesday, October 14, 2020

ओरेक नेपालद्वारा मलंगवाका लकडाउनबाट अति प्रभावित महिलाहरूलाई खाद्यान्न तथा आर्थिक सहयोग वितरण

 





लोकतन्त्र समाचारदाता----

सर्लाही,असोज २८

     नारीबादी नेतृत्व वृद्धि परियोजना अन्तर्गत ओरेक नेपालले युन.एन.ओमन नेपालको सहयोगमा  सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका स्थित विभिन्न वडाका महिलाहरूलाई   खाद्यान्न ,सरसफाइ ,स्वास्थ्य सामाग्री ,तरकारीको बिउबिजन तथा  आर्थिक सहयोग वितरण  गरेको छ । 

   संस्थाले   मलंगवा  नगरपालिकाको  वडा नं १,२ र ३ मा लकडाउनबाट अति प्रभावित  महिलाहरुको पहिचान गरि सम्बन्धित वडा कार्यालयको सहकार्यमा  १५० जना घरधुरी महिलाहरुलाई  खाद्यान्न,सरसफाइ , स्वास्थ्य सामाग्री  तथा   विभिन्न जातको तरकारीको बिउबिजन र   १ देखि १२ वडाका १५० जना महिलालाई प्रति व्यक्ति  नगद रु १ हजार ३ सय ५० को दरले आर्थिक सहयोग वितरण गरेको सहायक  कार्यक्रम अधिकृत दिवानी श्रेष्ठ रघुवंशीले जानकारी दिएको छ ।

     वितरण गरिएको   सामग्रीहरुमा १ बोरा चामल(३० केजी), ३ केजी दाल, १ केजी नुन, २ लिटर तेल, १ केजी मटर, सरफ, साबुन, कटन प्याड, साबुन, औषधी लगायतका रहेका छन् ।

    कोरोनाको संक्रमण नियन्त्रण गर्न सरकारद्वारा गरिएको लामो लकडाउनबाट प्रभावित अतिविपन्न तथा एकल घरधुरी महिलाहरुलाई खाद्यान्न सामग्री वितरण गरेको ओरेक नेपाल सर्लाहीले जनाएको छ ।



No comments:

Post a Comment