Thursday, October 15, 2020

महेन्द्र रामको मृत्युलाई राजनीतिक रंग दिन खोजिएको नेकपाको आरोप




लोकतन्त्र समाचारदाता----
सर्लाही,असोज २९
    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रामनगर गाउँपालिका वडा न-७ निवासी  महेन्द्र रामको मृत्युलाई राजनितीक रंग दिएको भन्दै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रेस विज्ञप्ति जारी गर्दै आपती जनाएको छ ।
     नेकपाद्धारा जारी विज्ञप्तिमा रामको आफ्नै समुदाय वीच आपसी विवाद पछि घाईते भई घटना भएको भोलिपल्ट निधन  भएको तर कांग्रेसले घटनालाई राजनैतिक रुप दिएर राजनिती गरेको विज्ञप्तीमा उल्लेख छ । स्थानीय रामको दु:खद मृत्युको घटनालाई राजनैतिक रंग दिएर हिंसात्मक बनाउन विभिन्न गलत गतिविधिको सहारा लिइरहेको प्रति नेकपा सर्लाहीको गम्भिर ध्यानाकर्षण भएको पार्टीका  सर्लाही जिल्ला  अध्यक्ष रेवती पन्त द्धारा हस्तक्षरीत विज्ञप्तीमा उल्लेख छ ।
    गएको असोज २१ गते केही ब्यक्तिहरुले कुटपिट गरि घाइते बनाएको  स्थानीय रामको २२ गते उपचारको क्रममा बिरगंजमा मृत्यु  भएको थियो ।काँग्रेसले कुटपिट भएको घटनाको दिन इलाका प्रहरी कार्यालय गढैयामा रहेका  र गाउँमा नै नरहेका मानिसलाई समेत फसाउन झुटो प्रपंच रचेर  घटनालाई राजनैतिक ईवी साँध्ने खेल खेलिरहेको विज्ञप्तीमा लेखिएको छ ।
     काँग्रेसले नेपाल प्रहरीलाई अनुसन्धान गर्ने वातावरण नै नदिएर पीडितलाई आफन्त गुमाएको संवेदनामा खेल्दै मानवढाल बनाएर कोभिड महामारीको अवस्थामा पनि जुलुस जस्ता अराजकतापुर्ण काम गरेको नेकपाले  विज्ञप्ती मार्फत आरोप लगाएको छ । पीडित र सुरक्षाकर्मी समेतलाई घाईते बनाउने घटना प्रति  नेकपाले  विरोध  गरेको विज्ञप्तीमा उल्लेख छ ।घटनाको सत्यतथ्य जाँच गरि दोषीलाई कानुको  कठघेरामा लान सहयोग गर्नु पर्नेमा नेपाली काँग्रेसले निर्दोषलाई फसाउने, मानव ढाल बनाएर पीडितको संम्वेदनालाई दुरुपयोग गर्ने, सुरक्षाकर्मी माथि आक्रमण गरि निर्दोष मानिसलाई घाईते बनाएर उत्तेजित बनाउने, घटनालाई हिंसात्मक र जातिय रुप दिने आदि क्रियाकलाप खेदजनक, गैर राजनैतिक र समाजको अमनचयन विरोधी रहेको विज्ञप्तीमा उल्लेख छ ।
     स्थानीय प्रहरी प्रशासनलाई अराजक गतिविधि रोक्दै वास्तविक दोषीलाई पक्राउ गरि पीडितलाई न्याय दिन र निर्दोषलाई आतंकित बनाउन भईरहेका प्रयासलाई निस्तेज गर्न तथा काँग्रेसले मृतकको शव ल्याउन र परम्परा अनुसार सदगद गर्न रोकेर पीडित परिवारमा थप पीडा गराएकाले दाह संस्कारको वातावरण बनाउन सम्वन्धित सबै सँग नेकपा सर्लाहीले विज्ञप्तिमार्फत  माग गरेको छ ।

No comments:

Post a Comment